RE
Global College

सेफ सन्तोष साह पक्राउ

काठमाडौं । सेफ सन्तोष साह ठगी सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाको रामानन्द चोकबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार गएराति सन्तोष साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउपछि दुवैलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।

शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उक्त जाहेरीपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। ठगी आरोपसँग सम्बन्धित विषयमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ।

NECO

Leave Your Comment

Related News