काठमाडौं ।सोमबार सुनचाँदीको मूल्यमा थप वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५ हजार रुपैंयाले बढेको हो । सोमबार सुन प्रतितोला रु २ लाख ९८ हजार दुई सय रुपैंयामा कारोबार भइरहेको छ । भने आइतबार सुन प्रतितोला रु २ लाख ९३ हजार दुई सय रुपैंयामा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको पनि प्रतितोला रु १५६ रुपैंयाले बढेको छ । सोमबार चाँदी प्रतितोला रु ५ हजार ५१ रुपैंयामा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैंयामा कारोबार भएको थियो।


