काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय महेन्द«नगर मार्फत बेदकोट नगरपालिका वडा नं ८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
बैंकको महेन्द«नगर शाखा प्रमुख कृष्ण सिहं भाटले बेदकोट ८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको थियो । कार्यक्रममा वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अधिकांश कमजोर तथा आर्थिक अवस्थाका विद्यार्र्थी हुने भएकाले बैंकको शैक्षिक सामागी सहयोगबाट पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका महेन्द«नगर शाखा प्रमुख भाटले विद्यालयमा वितरण गरिएको स्टेशनरी तथा शैक्षिक सामाग्रीलेसमुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।


