RE
Global College

संसद् बैठकको कार्यतालिका परिवर्तन,आज दिनको १ बजेको बैठक भोलि शनिबार बिहान ११ बजे बस्ने

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठकको दिन र समय परिवर्तन भएको छ। आज  असार १२ गते शुक्रबार दिनको १:०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश स्थगित भई भोलिका लागि सारिएको हो।

संसद् सचिवालयले जारी गरिएको सूचना अनुसार, आज तोकिएको समयमा बैठक बस्न नसक्ने भएपछि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले बैठकको नयाँ मिति र समय निर्धारण गरेको  हो।

परिवर्तित समय अनुसार अब प्रतिनिधि सभाको बैठक भोलि असार १३ गते शनिबार बिहान ११:०० बजे बस्नेछ। संसद् सचिवालयले सम्पूर्ण माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरेको जनाएको छ।

NECO

Leave Your Comment

Related News