CLI

४४.५९ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ ईन्डेक्स ५.७७, फ्लोट ईन्डेक्स २.८२, र सेन्सिटिभ फ्लोट ईन्डेक्स २.०४ अंकले बढेको छ ।

बुधबार कारोबार रकम ६० करोड रुपैयाँले बढेको छ । यस दिन ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता ५६ हजार ८५० पटक खरिद बिक्रि हुँदा ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ३ अर्ब २५ करोड ७६ लाखको कारोबार भएको थियो ।

यस दिन १३ वटै उप समूह बढेका छन् । बैंक १.१४, विकास बेंक १.१५, वित्तिय १.४९, होटेल र पर्यटन १.६६, हाइड्रोपावर २.४२, लगानी १.६५, जीवन बीमा १.४८, निर्माण र प्रशोधन २.३४, लघुवित्त १.११, म्युचुअल फन्ड ०.५५, निर्जीवन २.०३, व्यापार २.६० र अन्य उपसमूह १.७६ प्रतिशतले बढेको छ ।

यस दिन स्नो रिभर्स लिमिटेडको सेयर १५ प्रतिशतले बढेको छ । त्यस्तै सिवाईसी नेपाल लाघुवित्त वित्तिय संस्था लिमिटेडको १४.२२, भुजुङ्ग हाइड्रो पावर लिमिटेडको १३.९० प्रतिशतले बढेको छ ।

यस दिन कारोबार रकमको आधारमा लक्ष्मी सनराइज बैंक लिमिटेड २८ करोड ८४ लाख २७ हजार कारोबार गरेर पहिलो स्थानमा छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले १७ करोड ५१ लाख र आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले १७ करोड २६ लाख ८६ हजार रुपैयाँ कारोबार गरेको छ ।

Leave Your Comment

Related News