काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा ७ हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६१५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।


