CLI

फिफा विश्वकप २०२६: आज राउन्ड अफ ३२ का अन्तिम ३ खेलहरू हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज  राउन्ड अफ ३२  का अन्तिम  खेलहरु हुँदैछन्। नेपाली समय अनुसार आज रातिको पहिलो खेलमा ११:४५ बजे डालस स्टेडियममा अस्ट्रेलिया र इजिप्ट आमनेसामने हुनेछन्।

त्यस्तै, भोलि बिहान  ३:४५ बजे मियामी स्टेडियममा साविक विजेता अर्जेन्टिनाले  केप भर्डको सामना गर्नेछ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आफ्नै घरेलु शहर मियामीमा खेल्न लागेकाले यो खेल विशेष चासोको विषय बनेको छ, जहाँ मेस्सी हालसम्म ६ गोलसहित गोल्डेन बुटको दौडमा अगाडि छन्।

भोलि बिहानै ७:१५ बजे हुने राउन्ड अफ ३२  अन्तिम खेलमा दक्षिण अमेरिकी टोली कोलोम्बिया र  घाना बीच कान्सास सिटी स्टेडियममा  भिडन्त हुनेछ। प्रतियोगितामा हालसम्म अपराजित रहेको कोलोम्बिया आफ्नो विजयी यात्रालाई कायमै राख्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।

यी खेलहरू जित्ने टोलीहरू सिधै अन्तिम १६ (Round of 16) मा प्रवेश गर्नेछन्, जहाँ क्यानडा, मोरक्को, फ्रान्स र स्पेन जस्ता बलिया टोलीहरूले पहिले नै आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

Leave Your Comment

Related News