काठमाडौं । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन् । कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । बागमतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि पछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन् ।
टौदहका स्थानीयवासी मिलन खड्काले भने “ बागमती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन् । अहिले नै पूर्वतर्फका कान्लाहरुबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ ।”
रेखाङ्कन र सीमाङ्कनको समस्या
विभिन्न निकायहरूले वाग्मती नदीको कटानबाट टौदह र बस्तीलाई जोगाउन टतबन्ध, टेवा पर्खाल आदिका लागि बजेट छुट्याउने गरेका छन् । तर सीमा कहाँसम्म हो भन्ने एकिन नहुँदा त्यस्ता बजेट त्यसै फिर्ता जाने गरेको पनि स्थानीयवासी खड्का बताउछन् । “पटकपटक वाग्मती सभ्यतासँग गएर सीमाङ्कन गरिदिन भनेका छौँ तर आजसम्म भएन ।” सीमाङ्कन नभएका कारण निर्माण व्यवससायीले काम सुरु गर्न नमानेको उनले बताए ।


