काठमाडौं । रास्वपा नेता मनिष झाले सरकारले बचपना देखाएको बताएका छन् ।
विभिन्न सञ्चारमाध्यममा निजी सवारी राखेको प्रति उनले राज्यकै संरक्षणमा सञ्चार माध्यम र अन्य ठाउँमा अव्यवस्थित पार्किङ गरिएको तर्फ संकेत गर्दै यस्तो बचपना देखाएर राजकाज चल्छ ? भन्दै प्रश्न गरेका छन् ।
झाले बुधबार बिहान सामाजिक सञ्जालमार्फ उक्त धारणा व्यक्त गरेका हुन् । ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ ,’उनले लेखेका छन् ।
नागरिकको चिन्ता निराकरण गर्न सुझाव दिँदै उनले थप लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन ।’
राज्यकै संरक्षणमा सञ्चार माध्यम र अन्य ठाउँमा अव्यवस्थित पार्किङ गरिएको तर्फ संकेत गर्दै उनले यस्तो बचपना देखाएर राजकाज चल्छ ? भन्दै प्रश्न गरेका छन् । ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’ उनले लेखेका छन्, ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ ।’
गत सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शंकास्पद ढंगले सवारीसाधन पार्क गरेर चालक सम्पर्कविहीन भएका थिए । कान्तिपुर अगाडि पार्क गरेको गाडी रास्वपा नेताको भएको खुलेको थियो ।


