CLI

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदी को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ८ सय रुपेयाँले बढेको छ । बजारम सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपेयाँमा कारोबार भएको थियो।

आज, चाँदी पनि ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ थियो ।

Leave Your Comment

Related News