CLI

कहिले सुध्रिने नेपालको भारतसँगको व्यापार घाटा, साढे ९ खर्ब पुग्यो व्यापार घाटा ?

काठमाडौं ।नेपालले भारतसँगको व्यापारमा साढे ९ खर्ब व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको भारतसँग व्यापार घाटा ९ खर्ब ५१ अर्ब ९५ करोड रहेको छ । समिक्षा अवधिमा १२ खर्ब १० अर्ब ६ करोडको आयात हुँदा २ खर्ब ५८ अर्ब ६५ करोडको निर्यात रहेको छ ।

गत आवमो भारत पछि चीन, अर्जेन्टिना, सयुक्त अरब इमिरेटस (युएइ), इन्डोनेशिया, थाइल्याण्ड र अष्ट्रेलियासँग नेपालको व्यापार घाटा उच्च रहेको छ । नेपालको चीनसँग ४ खर्ब २३ अर्ब ३५ करोड, अर्जेन्टिनासँग १ खर्ब १६ अर्ब ३६ करोड व्यापार घाटा रहेको छ । समिक्षा अवधिमा चीनसँगको व्यापारमा ४ खर्ब २५द अर्ब २४ करोड आयात र १ अर्ब ८९ करोड २५ लाखको निर्यात रहेको छ । अर्जेन्टिनासँग १ खर्ब १६ अर्ब ३८ करोड आयात र १ करोड ८५ लाखको निर्यात रहेको छ ।

गत आवमा नेपालले इन्डोनेशियासँग २१ अर्ब ९२ करोड, थाइल्याण्डसँग १८ अर्ब ३२ करोड र अष्ट्रियासँग १८ अर्ब २६ करोड व्यापार घाटा व्यहोरेको छ । इन्डोनेशियासँग २२ अर्ब १८ करोडको आयात र २६ करोड ७ लाखको निर्यात रहेको छ । थाइल्याण्डसँग १८ अर्ब ३६ करोडको आयात र ४ करोड २० लाखको निर्यात र अष्ट्रियासँग २० अर्ब ३९ करोडको आयात र २ अर्ब १२ करोड २७ लाखको निर्यात रहेको छ । सरकार र निजी क्षेत्रले प्रयास नगर्दा नेपालको व्यापार घाटा उच्च रहेको देखिन्छ ।

Leave Your Comment

Related News