आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड

काठमाडौं । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ । ‘बालबालिका बचाऔँ […]

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको  छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ । सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४६, […]

शुक्लाफाँटा औद्योगिक व्यापार मेला सुरु

कञ्चनपुर । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घको आयोजनामा कञ्चनपुरको झलारीस्थित खुला मञ्चमा आजदेखि तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला सुरु भएको छ । स्थानीय अर्थतन्त्र सुदृढीकरण, आत्मनिर्भरता प्रवद्र्धन र सुदूरपश्चिमको समृद्ध भविष्य निर्माणका उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा स्थानीय संस्कृति प्रवद्र्धन गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, हस्तकलाका सामग्रीको प्रदर्शन तथा स्थानीय मौलिक […]

ग्लोबल आइएमई बैंकको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २६ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन […]

रिभर फल्स पावरको अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर कम्पनीका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्था लगायत इच्छुक सबैले किन्न […]

साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’

भोजपुर । मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरमा ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’ आयोजना हुने भएको छ । मौलिक संस्कृति, स्थानीय परिकार र यहाँ पहिचानलाई देश–विदेशमा चिनाउने लक्ष्यले आगामी मङ्सिर २०–२२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । ग्रेट मुन्दुम ट्रेलभित्र पर्ने हतुवागढीको कोप्चेबाट तावाभञ्याङसम्म ६० किलोमिटर दूरीमा प्रतियोजना हुने जनाइएको छ […]

हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

बागलुङ । वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले रचन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा […]

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]