राष्ट्रिय वाणिज्य बैँकद्वारा स्मार्ट मनि टक्स कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनि विक २०२६ का अवसरमा शुक्रबार स्मार्ट मनि टक्स् कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं नयाँ बानेश्वरमा अवस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तह देखी नै आवश्यक रहेको बताए । उनले पैसाको उचित व्यवस्थापन र व्यवस्थित […]

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र साना किसान विकास लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । जसमध्ये, सिद्धार्थ बैंकको ७० लाख ४४ हजार ९९०.१० कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो । नेपाल एसबिआई बैंकले ४३ लाख ५९ हजार […]

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर।  बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले रासससँगको कुराकानीमा स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको जानकारी दिए । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, […]

पोखरा विमानस्थल भ्रष्टचार प्रकरण : सचिव केदार, महानिर्देशकहरु र चिनियाँ कम्पनी विरुद्ध भ्रष्टचार मुद्धा दायर , ४६ करोड बिगो माग

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणको क्रममा पर्यटन मन्त्रालयका तत्कालीन सचिव  केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम सहित  २१ जना  विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पर्यटन सचिव केदार बहादुर अधिकारीका साथै तत्कालीन उपमहानिर्देशकहरु संजिब गौतम , राजन पोखरेल, महेन्द्र सिंह रावल विरुद्ध मुद्धा दायर […]

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं ।  साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई […]

मध्यपूर्वको द्धन्द्धले अझै देखिएन नेपालको वैदेशिक व्यापारमा असर,व्यापार घाटा भने करिब ११ खर्ब पुग्यो

काठमाडौं । इरान र अमेरिका- इजरायलबीचको द्धन्द्धको असर नेपालको वैदेशिक व्यापारमा हालसम्म देखिएको छैन । बजारमा खाना पकाउने ग्यास अभाव भए पनि पेट्रोलियम पदार्थको आयातमा गिरावट भएको देखिदैन । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको आठ (साउन देखि फागुन) महिनाको अवधिमा व्यापार घाटा ११.२२ प्रतिशतले बढेको छ । चालु आवको आठ […]

लघुवित्तले ऋण होइन उद्यमी बनाउनु पर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । ‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नाराका साथ सुरु भएको पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ । पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरू अब पैसाको व्यापारी मात्र नभई उद्यमको व्यापारी बन्नुपर्ने धारणा राखेका छन् । “लघुवित्त चोखो कर्जाको व्यापार मात्र होइन, यसलाई उद्यमशीलतासँग जोड्नुपर्छ […]

उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’  नाराका साथ आजदेखि पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु

काठमाडौं ।  नेपालको गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे छलफल गर्न काठमाडौंमा दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ । ‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नाराका साथ आयोजित यस दुई दिने सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, लघुवित्त […]

नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख—बिजनेस अपरेसन ओम […]

दरबारमार्गमा सेतो मच्छेन्द्रनाथको रथ धमाधम बनाइँदै

काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ । चैत्र शुक्ल प्रतिपदादेखि रथ बनाउन सुरु गरिएको गुठी संस्थानले जनाएको छ । चैत्र शुक्ल सप्तमी अर्थात् चैत्र ११ गते रथ बनाइसकिने संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए । यही चैत्र १२ गते […]