सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ । अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय अनुसार आजदेखि दुई/तीन दिनसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक/ई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले यहाँका पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक […]

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा नेपाली सेना र प्राविधिक टोलीको उद्धार तीव्र

काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो । टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ । साथै, […]

९५सयले घट्यो सुनको मूल्य

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९  हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो। त्सयतै, चाँदी पनि १८५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ […]

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, […]

“ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन्। उनी शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर   पुगरे बाडीको स्थलगत अनुगमन गरेका हुन् । विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिएका  थिए । सो […]

भोटेकोशी बाढी: मृतकको संख्या ७३४,करिब २५सय जना अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको  बाढीका कारण मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको  विवरण सार्वजनिक गर्दै चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जना गरी कुल ७३४ जनाको शव फेला […]

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका–७ का ५९ […]

कृष्णभिरमा‌ सडक भासियो यातायात अबरुद्द

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ मुग्लिन सडकको कृष्णभीरमा सडक अबरुद्द भएको छ । भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहावले कृष्णभीरमा तलबाट सडक कटान भएपछि यातायात सञ्चालन रोकिएको हो । धादिङ प्रहरीले सूचना जारी गर्दै आज बिहान रसुवा जिल्लाबाट एक्कासी आएको बाढीले बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ कृष्णभिरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम भएकोले […]

आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह

काठमाडौं । आइतबार बिहान भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूलीमा आधा घण्टामा ३ मिटरसम्म जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रसुवाबाढी बाढी आएको जानकारी प्राप्त भएको थियो । उक्त बाढीका कारण बिहान ६:१० सम्म गल्छीस्थित त्रिशूलीमा जलसतह आधा घण्टामा ३ मिटरसम्म बढेको हो । कालीखोलामा पनि जलसतह […]

बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने

काठमाडौं । भोटेकोशीको नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा बैंकिङ कार्यालय अन्यत्र स्थानान्तरण बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक वित्तीय संस्थाका नाममा शनिबार परिपत्र जारी गर्दै प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन गर्नका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति बिना संस्था स्वयंले स्थानान्तरण वा नजिकको […]