होटेल पार्क ल्याण्डको साधारणसभा आह्वान, के के छन् एजेण्डा ?

काठमाडौं । होटेल पार्क ल्याण्ड लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २२ गतेका लागि ९ औँ वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा सोल्टी ब्यांक्वेट सोल्टीमोडमा बिहान ११ वजेदेखि सुरु हुने छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.ब. २०८२/२०८३ को वार्षिक प्रतिवदेन […]

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ […]

श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ । ब्याटिङ अलराउन्ड उनी सन् २०२१ देखि श्रीलंकान टोलीको नियमित सदस्य  छन् । असलंकाले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।टी–२० अन्तर्राष्ट्रियमा असलंकाले हालसम्म ७७ खेलमा १ हजार ४६६ […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कोषमा बुधबारको तुलनामा बिहीबार २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो । बिहीबार साँझसम्म कोषका विभिन्न नौवटा बैंकमा मौज्दात रकम १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । […]

देशभर मनसुनीको साथै पश्चिमी वायुको आंशिक प्रभाव, ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ […]

आजबाट ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ आज असोज १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको […]

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले राहत दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत उपलब्ध गराउने भएको छ । बाढीका कारण रसुवा, नुवाकोट लगायत क्षेत्रमा १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदार बेपत्ता भएका छन् ।प्राधिकरण अन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार […]

रियल स्टेट चलायमान नभएसम्म आर्थिक शिथिलता अन्त्य हुँदैन : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले रियल स्टेट क्षेत्रलाई पुनरुत्थान नगरी नेपालको आर्थिक शिथिलता अन्त्य गर्न कठिन हुने बताएका छन्। घरजग्गा, आवास तथा निर्माण क्षेत्रमा देखिएको मन्दी कारोबारमा मात्र सीमित नभई रोजगारी, बैंक तथा वित्तीय संस्थाको ऋण, निजी लगानी, निर्माण सामग्री उद्योग र राजस्वसँग जोडिएको विषय भएको उनले बताए। नवौं ल्यान्ड, हाउजिङ […]

संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष डाटा अफर ल्याएको छ। टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज सार्वजनिक गरेको हो। टेलिकमका अनुसार ४९९ रुपैयाँमा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज लिन सकिनेछ। करसहितको यो प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा उपलब्ध हुनेछ। […]