धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउने उद्देश्यका साथ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी “सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३” को मस्यौदा तयार गरेको छ। यस नयाँ निर्देशिकाले प्राथमिक शेयर निष्काशन  गर्न चाहने संगठित संस्थाहरूका लागि कडा तथा पारदर्शी योग्यता, संस्थागत […]

२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो, ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५ मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ। आयोजनाको वित्तीय व्यवस्थापन राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गर्ने भएका छन्। सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा तीन बैंकले संयुक्त रूपमा ३ अर्ब ३६ करोड […]

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुई अर्थमन्त्रीबीच भेटवार्ता भएको हो। भेटमा नेपाल र भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता […]

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को […]

विपद्का कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

काठमाडौं । प्राकृतिक विपद्का कारण सम्पत्ति विवरण बुझाउन नसकेका राष्ट्रिय किताबखानासँग सम्बन्धित राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन थप ३० दिनको समय दिइएको छ । राष्ट्रिय किताबखाना (निजामती) हरिहरभवन, ललितपुरले बिहीबार जरुरी सूचना जारी गर्दै रसुवा–भोटेकोसी बाढीका कारण निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई म्याद थप गरिएको जनाएको हो । सरकारले रसुवा–भोटेकोसी बाढीका कारण प्रभावित […]

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेशमा सेमिनार अन अनट्याप्ड पोटेन्सियल कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरू माझ ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु – सुदूरपश्चिम प्रोभिन्स (२०८३/८४)’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न […]

दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद उत्पन्न गर्नका लागि संस्थापन र इतर पक्षले गर्न लागेको दुवै महाधिवेशन रोकेर समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् । पार्टीको आन्तरिक समस्या र आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले दुवै महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतन्त्रको आन्दोलनलाई आघात पर्ने बताएका छन् । […]

सरकारी सेवा डिजिटल बनाउन (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ कार्यान्वयनको तयारी

काठमाडौं । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ। ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ लाई खारेज गरी नियमावलीको रूपमा रूपान्तरण गरिएको हो। निर्देशिकाको तुलनामा नियमावलीको कानुनी हैसियत र बाध्यकारिता बढी हुने र समयानुसार डिजिटलाइज्ड गरी प्रशासनिक ढिलासुस्ती अन्त्य […]

माघ ३ देखि ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र भिजन इनोभेसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म (जनवरी १७ देखि १९, २०२७) काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो । ‘उत्थानशील […]

प्रधानमन्त्री शाहले ग्यास अभावबारे स्पष्ट जवाफ दिनुपर्छ : एमाले सांसद बराल

काठमाडौं । नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा देखिएको ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले ग्यास नपाउँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरिन् । उनले ग्यास अभाव, बजारमा भइरहेको मूल्यवृद्धि र सर्वसाधारणले भोगिरहेको समस्याबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन् । […]