विकासको लागि वित्त सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओली मेड्रिडमा

काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिडमा आइ पुगेका छन् । प्रधानमन्त्री ओलीलाई मेड्रिडको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल […]

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं ।  बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय […]

३० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी (तरलता) बढेसँगै नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । केन्द्रीय बैंकले असार १५ गते ३० अर्ब रुपैयाँ उठाउने भएको हो । राष्ट्र बैंकले ६३ दिन अवधीका लागि उठाउन लागेको उक्त रकमको साँवा तथा ब्याज सहित बैंकहरुले भदौ १५ गते फिर्ता पाउनेछन् […]

शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा ‘एससीएसएमएफ स्पोर्टस् अवार्ड २०२५’ को दोस्रो संस्करण सम्पन्न

काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन ( एससीएसएमएफ) ले आफ्नो वार्षिक ‘एससीएसएमएफ स्पोर्टस् अवाड’ को दोस्रो संस्करण असार १३ गते काठमाडौंको कमलादीस्थित होटल रोयल सीङ्गीमा सम्पन्न गरेको छ। नेपाली खेलकुदमा योगदान पु¥याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान […]

महालक्ष्मी विकास बैंकले ल्यायो पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यो सेवा सुचारु गर्न  ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप “ महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत […]

महालक्ष्मी विकास बैंकको पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले […]

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला […]

१९ सहकारीका कर्मचारी र ऋणीलाई असार ३२ भित्र ऋण चुक्ता गर्न ताकेता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १९  सहकारीका निलम्बित सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा कर्मचारीहरूलाई असार ३२ भित्र ऋण चुक्ता गर्न अन्तिम ताकेता गरेको छ । समितिले आइतबार सूचना जारी गर्दै असार मसान्तभित्र आफ्नो दायित्व राफसाफ गर्न भनेको हो । पटक पटक सार्वजनिक सूचना प्रकाशित गर्दा समेत आफ्नो दायित्व राफसाफ नगरेकाले समितिले अन्तिम सूचना जारी […]

आज कुन तरकारीको मूल्य कति?

काठमाडौँ । कालिमाटी तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ । आज ठूलो नेपाली गोलभेँडा ६६, सानो लोकल गोलभेँडा ३२, टनेलको गोलभेँडा ४५, रातो आलु ४३, सुकेको भारतीय प्याज ४९, लोकल गाँजर ७८, बन्दा ३७, स्थानीय काउली ६८, हाइब्रिड सेतो मुला २३, लाम्चो भन्टा २०, डल्ले भन्टा ३४, […]

आज धान दिवस, दही चिउरा खाएर मनाइँदै असार १५

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि […]