नेकपा (एमाले) को ११ औ महाधिबेशनको बन्द सत्र दिउँसो १ बजेबाट सुरु हुने

काठमाडौं । नेकपा (एमाले) को ११ औ महाधिबेशनको बन्द सत्र दिउँसो १ बजेबाट सुरु हुने भएको छ । आज बिहान ८ बजेबाट महाधिबेशनको बन्द सत्र  सुरू गर्ने भनिएता पनि ९ बजेलाई केन्द्रीय समितिको बैठक राखेसँगै बन्द सत्रको कार्यक्रम सरेको हो । केन्द्रीय समितिको बैठक ९ बजे बस्ने भनियपनि ११ बजे मात्र सुरू भएको छ । […]

कोरला सडकमा ८२ प्रतिशत बजेट सकियो, लागत १५ अर्ब नाघ्न सक्ने अनुमान

मुस्ताङ । उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा ८ अर्ब २० करोड खर्च भएको छ । २०८१/८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो । भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्मको दुई सय दुई किलोमिटर सडकको […]

बेलयात पठाउने नाममा करिब साढे ४ करोड ठगी, २ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभनमा पारी बेलायत (यूके) पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने काठमाडौँ महानगरपालिका-२७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह भन्ने अनुप कुमार सिंह र भक्तपुर […]

जेनजी युनाइटेडले अर्थमन्त्रीलाई भन्यो-गर्भनर पौडेललाई बर्खास्त गरी नयाँ गर्भनर नियुक्त गर

काठमाडौं । जेनजी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने र नयाँ गर्भनर नियुक्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ । आइतबार बिहान अर्थ मन्त्रालयमा मन्त्री खनाललाई जेनजी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बझाएका हुन् । ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालिन सरकारले पौडेललाई स्वार्थ समूहको डिजनाइनमा गभर्नर नियुक्त गरेको दाबी […]

बढ्यो सुनको मूल्य, घट्यो चाँदी

काठमाडौं । आइतबार नेपली बजारमा सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार सुनको मूल्य २ लाख ५६ हजार ६ सय रुपैयाँमा थियो । चाँदी भने ८० रुपैयाँले घटेको छ ।  बजारमा चाँदी प्रतितोला […]

यामाहा नेपालद्वारा बुटवलमा ‘ब्लु स्क्वायर शोरूम’ उद्घाटन

बुटवल । यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको शुभारम्भ गरेको छ, जसको सञ्चालन बाइकर्ज बुटवल प्रालिले गर्नेछ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने छ । उद्घाटन समारोहमा प्रमुख अतिथि […]

नेपाल हाइड्रो डेभलोपरको साधारण सभा मिति तय, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहाना ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा ९ प्रतिशत बोनस र कर तिर्न ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ७ गते बुकक्लोज गर्ने निर्णय […]

लक्ष्मी लघुवित्तले लाभांश नदिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । यस लघुवित्तको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

जीवन विकास लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लघुवित्तको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा […]

 बैंकिङ प्रणालीमा अधिक तरलता ३५ अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं ।  बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले मंसिर २८ गते ३५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो ।  राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार मंसिर २४ गते बध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ गर्दा बोलबमोजिम सबैभन्द कम ब्यजदरलाई पहिलो गरी […]