औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तरकारीको भाउ सबैभन्दा महँगो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.८२ प्रतिशत रहेको बताएको छ । राष्ट्र बैंकका अनुसार  गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ७.५० प्रतिशत थियो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.४९ प्रतिशत छ । गत वर्ष सोही मूल्यवृद्धि […]

विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति ९ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०८१ असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा […]

तीन महिनामा चार खर्ब बढी रेमिटेन्स भित्रियो, श्रम स्वीकृति घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिटेन्स) आप्रवाहमा वृद्धि भएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड पुगेको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड […]

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। मंगलबार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जानकारी गराएको हो। गत असोज दोस्रो हप्ता गएको बाढीपहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएपछि मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा जम्मा भएको रकम विपद् जोखिम […]

राष्ट्रिय कफी दिवस आयोजना हुँदै

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गराइन लागेको हो । कफी सहकारी संघहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको […]

प्रधानमन्त्री ओलीविरुद्ध अपुष्ट अरोप लगाएका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंगलबार दिउँसो सीआईबीको टोलीले भक्तपुरको कमेरोटारस्थित उनकै निजी निवासबाट पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद बयान दिएका कारण उनी पक्राउ परेका हुन् । प्रसाईंले हालै कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्रीको लगानी रहेको दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको स्मार्ट एजियाटा कम्पनीमा […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा मङ्सिर २५ मा, लाभांश प्रस्ताव पेश गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ३८औं वार्षिक साधारणसभा मङ्सिर २५ गते गर्ने भएको छ । बैंकको मङ्सिर ३ गते बसेको सञ्चालक समितिको बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ६ दशलमव ५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश […]

सिईडिबि हाइड्रोपावरको नाम परिवर्तन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ । सिईडिबि होल्डिङ्ग्स लिमिटेडमा परिवर्तन भएको हो । कम्पनीको गत असोज २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट नाम परिवर्तन गर्ने प्रस्ताव पारित भएको थियो । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनकिो नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा तिर्नु पर्ने ब्यहोर्नु पर्ने कर […]

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र

काठमाडौं । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन । प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस […]

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका […]