वैशाखका लागि ३ बैंकले ब्याजदर घटाउँदा एभरेष्टले बढायो

काठमाडौं । २०८२ वैशाखका लागि तीन वटा बैंकले निक्षेपको ब्याज घटाउँदा एकले ब्याजदर बढाउैका छ अन्य बाँकी १४ बैंकले स्थिर राखेका छन् । आगामी महिनाका लागि कुमारी, सानिमा र नेपाल बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्टले बढाएको छ । वैशाखका लागि एभरेष्ट बैंकले ०.६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । बैंकको चैतका लागि ६ प्रतिशत […]

२८ दिनपछि पुनः सुरु भयो नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य

काठमाडौं ।  पृथ्वी राजमार्ग अन्तर्गतको धादिङ र काठमाडौं जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य २८ दिनको अवरोधपछि आइतबारदेखि पुनः सुरु गरिएको छ। स्थानीयको विरोधका कारण गत चैत ३ गतेदेखि रोकिएको काम नेपाल प्रहरीको सुरक्षा व्यवस्थामा पुनः थालिएको हो। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार, सुरुङमार्गको चन्द्रागिरी नगरपालिका–२ टुटीपाखा क्षेत्रमा खानेपानी, रोजगारी तथा क्षतिपूर्तिको माग गर्दै स्थानीयले विरोध […]

विश्वकप एसिया छनोटः नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । काठमाडौंमा आईसीसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदैछन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु हुने छ । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । नेपाली टोलीमा […]

सुन हालसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा सुन उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको मूल्यलाई पछि पार्दै सुन पुन थप महँगो भएको हो । आज सुन प्रति तोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा ३ हजार […]

२०८२ : पर्यटन क्षेत्र कोरोनापूर्व फर्किएको र होटलमा लगानी थपिएको वर्ष

काठमाडौँ । गत माघमा काठमाडौंको सुकेधारामा पाँचतारे होटल ‘मर्क्योर काठमाडौं’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले ३ अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौंकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले ८ अर्ब ३५ करोडको लागतमा उक्त होटल सञ्चालनमा […]

वीरगञ्जको विवाद समाधानका लागि सर्वदलीय बैठक जारी

काठमाडौं । पर्साको पकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि दुई समुदायबीच भड्किएको हिंसा समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वदलीय बैठक बसिरहेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको नेतृत्वमा सर्वदलीय बैठक बसिरहेको हो । शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना […]

गुन्द्रुक प्रतिकिलो रु ३५०, हरियो धनियाँ १८० [मूल्यसूचीसहित]

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको […]

कुमारी बैंकको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर बिक्री खुला गरिएको छ । संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरिएको थियो । तर आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणमा खुला गरिएको हो । इच्छुक संस्थापक शेयरधनीले शेयर […]

गोदावरी स्टिलको वार्षिक साधारणसभा वैशाख २६ मा, आईपीओ निष्काशनबारे छलफल हुने

काठमाडौं । गोदावरी स्टिल लिमिटेडको वार्षिक साधारणसभा २०८२ वैशाख २६ मा कम्पनीको मुख्य कार्यालय ग्वार्को, ललितपुरमा हुने भएको छ । कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकको १० औं (पब्लिक कम्पनी भए पश्चात प्रथम ) वार्षिक साधारण सभाका लागि मिति, स्थान र छलफलका विषय तय गरेको हो । बैठकमा आईपीओ निष्काशन र शेयर मूल्य […]

वैशाख ८ देखि ट्रेड टावरको आईपीओ आउँदै

काठमाडौं । ट्रेड टावर लिमिटेडले प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा २०८२ वैशाख ८ गतेदेखि विदेशमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको  ४८.७० प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर […]