आज ‘मेरोअटो अटोमोटिभ कनक्लेभ २०८२’ आयोजना हुदैँ

काठमाडौं । अटोमोटिभ्स प्रालिले दोस्रो संस्करणको अटोमोटिभ कनक्लेभ होटल  आयोजना गर्दै छ । अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेलले अर्थतन्त्रको मेरुदण्ड अटोमोबाइल क्षेत्रको समग्र पक्ष बारे सरोकारवालाहरू बीच बृहत् छलफल गराउने उद्देश्य कनक्लेभको आयोजना गरेको  जानकारी दिए । उनका अनुसार कनक्लेभमा ‘नेपालको अटो सेक्टर आउटलुक : बैंकिङ लगानी र नियामकको भूमिका’ शीर्षकमा प्यानल डिस्कसन हुनेछ […]

सुन चाँदीको भाउमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुन चाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । आज शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो । यता, चाँदीको […]

इरानको आणविक तथा मिसाइल क्षमता नष्ट भएको नेतान्याहुको दाबी, इरानको तत्कालै जवाफ

काठमाडौं ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हालैका दिनहरूमा इरानको आणविक र क्षेप्यास्त्र उत्पादन क्षमता पूर्ण रूपमा नष्ट भएको दाबी गरेका छन् । जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा उनले बताएअनुसार, अमेरिका–इजरायलको संयुक्त सैन्य अभियान सुरु भएको करिब २० दिनभित्र इरानको मुख्य सैन्य तथा आणविक संरचना गम्भीर रूपमा कमजोर भएको छ। नेतन्याहुका अनुसार इरान अब युरेनियम समृद्धि गर्न […]

सांसदको सपथ चैत १२ गते हुने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ । शपथ ग्रहणमा आउँदा निर्धारित समयभन्दा […]

आजबाट टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प सुरु : पुराना गाडीसँग नयाँ टाटाको गाडी साँट्न सकिने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रा.लि.ले (आज ) चैत्र ६ गतेदेखि चैत्र ८ गतेसम्म स्प्रिंग एक्सचेन्ज क्याम्प कार्यक्रम सुरु गर्ने भएको छ । यो अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेंजका गाडी लिन सकिने कम्पनीले जानकारी दिएको छ । यो अवधिमा जुनसुकै ब्राण्डका […]

मोटरसाइकलमा पनि हाइब्रिड युगको सुरुवात : नेपालमा पहिलो हाइब्रिड बाइक ल्याउदै यामाहा नेपाल

काठमाडौं । यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल ल्याउने भएको छ । प्रतिष्ठित FZ सिरिजको विरासतलाई अझ अगाडि बढाउँदै कम्पनीले नेपाली बजारमा एक नयाँ सेगमेन्टको सुरुवात गर्न लागेको  कम्पनीले जनाएको छ  । यो  मोटरसाइकलको  लन्च कार्यक्रम आज चैत्र ६ गते करिब २५६ फिट उचाइमा अवस्थित एक विशेष स्थलमा आयोजना हुने कम्पनीले उल्लेख गरेको […]

बुद्धभुमी नेपाल हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले ४० […]

अर्थ मन्त्रालयबाट बिदा हुँदै रामेश्वर प्रसाद खनालको कार्यकाल प्रतिवेदन सार्वजनिक

काठमाडौं ।  अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका रामेश्वर खनालले ६ महिनाको कार्यकाल पूरा गर्दै आफ्नो कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गरेका छन् । कमजोर सार्वजनिक खर्च, घट्दो राजस्व र खस्किएको निजी क्षेत्रको मनोबलबीच उनले मन्त्रालय सम्हालेका थिए । खनालले अर्थ मन्त्रालयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी बहन गरेका थिए। बिदा हुँदै उनले सार्वजनिक गरेको प्रतिवेदनले […]

नागरिक उड्ड्ययन प्राधिकरणमा ७५ जना कर्मचारी माग

काठमाडौं । नेपाल नागरिक उड्ड्ययन प्राधिकरणले विभिन्न पदहरूमा ७५ जनाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदहरूमा कर्मचारी माग गरेको हो । तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट चैत २६ गतेसम्म र दोब्बर दस्तूर तिरेर वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उन्नती सहकार्य लघुवित्तको साधारणसभा चैत २८ गते, मर्जर र सेयर स्वामित्व परिवर्तनको प्रस्ताव पारित हुने 

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले यही चैत २८ गते शनिबार रुपन्देहीको भैरहवा सि.न.पा–८ स्थित एशियन बुद्ध होटलमा बिहान १० बजे ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभाले भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय सस्थाहरूलाई गाभ्ने […]