समता घरेलु लघुविले एफपीओ निष्काशनको अनुमति पायो

काठमाडौं । समता घरेलु लघुवित्तले साधारण शेयरको थप निष्काशन (एफपीओ) गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्काशन स्वीकृति दिएको हो । यो कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । […]

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

काठमाडौं । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न उनले अनुरोध गरे ।

अमेरिका विरुद्ध नेपाल १७ रनले विजयी

काठमाडौं । नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० […]

सुन हालसम्मको सर्वाधिक महँगो

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार छापावाल सुन हालसम्मको उच्च मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ प्रति तोला पुगेको छ । बिहीबार छापावाल सुन उच्च मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन प्रति तोला २ हजार रुपैयाँले बढेको छ […]

सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वार्षिकोत्सव मनाउदै, सप्ताह व्यापी कार्यक्रम गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धी तपाईंको, साथ हाम्रो’ स्लोगान लिएर जीबन बीमामा काम गरिरहेको  यो कम्पनी २०७४, भाद्र ७ गते जीवन बीमा व्यवसाय गर्न ईजाजत प्राप्त गरी २०७४, कार्तिक २ बाट औपचारिक व्यवसायिक करोबार शुरु गरेको थियो । कम्पनीले अहिले प्रधान कार्यालय सहित १३६ शाखा उपशाखा कार्यालयहरु […]

मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा […]

साफ वुमन्स च्याम्पियनसिपमा भारतको विजयी शुरूवात

काठमाडौं । पाँच पटकको विजेता भारतले साफ वुमन्स च्याम्पियनसिपमा विजयी शुरूवात गरेको छ ।  दशरथ रङ्गशालामा  भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले हराएको हो । दाबेदार भारतले सानदार शुरूवात गर्यो । १७ मिनेटमा दुई गोल गरिसकेको थियो । चानु सोरोखैबामले दिएको क्रसमा अनमार्क पोजिसनमा रहेकी ग्रेस दाङमेईले गोल गरिन। पाँचौं मिनेटमा नै भारतले […]

माछापुच्छ्रे  बैङ्कको १०,५६,९१७ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे  बैङ्कको१०,५६,९१७  कित्ता संस्थापक शेयर बिक्रीरहेको छ । यस अघि बैङ्कले सो संस्थापक शेयर बिक्रिका लागि बिध्यमान संस्थापक शेयरदनीले नै सो सैयर खरिद गर्ने पहिलो प्राथमिकाता हुने कानुनी व्याबस्था बमोजिम हाल कायम इच्छुक संस्थापक शेयरधनीलाई सो शेयरखरिदको लागि सार्वजनिक सुचना जारी गरेको थियो । सो समयमा बिध्यमान शेयरधनीले सो सेयर खरिदको लागि कुनै […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय […]

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र […]