शिव श्री हाइड्रोपावरको अवितरित सेयर लिलाम बिक्रीमा 

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर आजदेखि लिलाम बिक्रीमा राखेको हो । कम्पनीले भदौ १९ देखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको सो सेयर अब विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था […]

कालिका लघुवित्तको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिकसम्मको अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत आवको यसै अवधिसम्म कमाएको खुद नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आवको सोही अवधिको तुलनामा चालु […]

नेपाल वायुसेवा निगमको अध्यक्षमा विक्रम राई नियुक्त

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा विक्रम राई नियुक्त भएका छन् । हाल निगमकै उपाध्यक्ष रहेका राईलाई अध्यक्षमा नियुक्त भएका हुन् । निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मङ्गलबार […]

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले यही कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले आज कात्तिक २० गते यस बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । यो […]

नबिल बैंकले कमायो १ अर्ब ७५ करोड बढी नाफा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नबिल बैंक लिमिटेडले करिब २ अर्ब रुपैयाँको नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वितीय विवरण अनुसार १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो […]

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

फूलखेतीमै रमाएका कृषकहरु

वालिङ । केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको छ । पछिल्ला […]

प्रकृतिलाई खुुसी पार्न तोरन तार्ने चलन

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित तिनचुलेको बराह तालमा यस वर्ष पनि परम्परागत रूपमा प्रकृतिलाई खुसी पार्ने उद्देश्यले तोरन तान्ने धार्मिक संस्कार सम्पन्न गरिएको छ । स्थानीय बासिन्दाहरूले बाजागाजा सहित गाउँबाट लगेको तोरनलाई समुद्र सतहदेखि २,९३२ मिटर उचाइमा रहेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराउँदै विधिपूर्वक तानेका हुन् । […]

सोफा हबको दशैं तिहार अफर : यी १० जनाले पाए निःशुल्क थाइल्याण्ड जाने अवसर

काठमाडौं । देशका १० स्थानमा शाखा रहेको सोफा हब काठमाडौंले ल्याएको दशैं तिहार झड्का अफरको विजेता घोषणा गरेको छ । मंगलबार भक्तपुरमा आयोजित एक समारोहमा कम्पनीले ‘लक्की ड्र’ मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो । जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुमकला गणेश, विनोद गुरुङ, जमुना केसी, […]