फागुमा  उपत्यकाका ९० स्थानमा ट्राफिक प्रहरीको जाँच

काठमाडौं । फागु मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ। काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि फागु मनाउन शुरु भएकोमा फागुलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो। फागु पर्व मनाउने नाममा उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न जाँचमा कडाइ गरेको प्रहरीले जनाएको […]

फागुपूर्णिमा प्रकृति पुनर्जागरणको दिन हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् । फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको […]

गरिमा विकास बैंकको २ लाख ५२ कित्ता शेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ५२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । केही संस्थापक शेयरधनी महानुभावहरुबाट आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयरमध्ये कुल २ लाख ५१ हजार ९५२.११ कित्ता शेयर बिक्री गर्ने व्यवस्था मिलाउन विकास बैंक समक्ष निवेदन दिएकाले बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । यसअघि बैंकले संस्थापक […]

काउली सस्तिँदा कोइरालोको मूल्य बढ्यो, अन्य तरकारीको मूल्य कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । आज कोइरालोको मूल्य किलोमा ५० रुपैयाँले बढेर प्रतिकिलो ३७६ रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज काउलीको मूल्य किलोमा ५ रुपैयाँले घटेर प्रतिकिलो १७ रुपैयाँ निर्धारण भएको छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा […]

२३ वर्ष भारतमा ऊर्जा खर्चिए, फर्किएपछि बाझो बारीले बनायो सफल

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन सकेनन् । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उनलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उनी गाउँ फर्किए […]

बैंक तथा वित्तीय संस्थाद्धारा करिब ४ खर्ब व्यक्तिगत आवास कर्जा वितरण

काठमाडौं । सरकारले जग्गा वर्गीकरण नीति ल्याएदखि विशेष गरी जग्गा कारोबारमा गिरावट आए पनि व्यक्तिगत आवास कर्जामा परेको असर भने विस्तारै हट्दै गएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा मागमा भने वृद्धि भएको जनाएको छ जसले गर्दा बैंक तथ वित्तीय संस्थाले व्यक्तिगत आवास कर्जा प्रवाह बढाएका छन् । राष्ट्र […]

आज पहाडी र हिमाली जिल्लामा होली मनाइँदै, ५६ जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । आज नेपालका पहाडी र हिमाली जिल्लामा होली पर्व (फागु पूर्णिमा) मनाइँदैछ । विशेषगरी नेपाल र भारतमा मनाइने होली रङहरुको पर्व हो । होलीकै दिनदेखि दिनदेअि वसन्त ऋतुको आगमन भएको मानिन्छ । यसका धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षहरु छन् । होली पर्व हिन्दू धर्मका विभिन्न पुराणहरूमा वर्णन गरिएको छ । विशेषत: यस पर्वको सम्बन्ध […]

युरो, पाउन्ड र कुवेती दिनारको भाउ बढ्दा अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ र कुवेती दिनारको भाउ बढ्दा अमेरिकी डलरको मूल्य भने घटेको छ । बुधबार  अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ २५ पैसा रहेको थियो । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी […]

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको आंशिक प्रभाव रहेकोमा देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। […]

थापाथली क्याम्पसका विद्यार्थी प्रजेश श्रेष्ठले पाए, श्री शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१

काठमाडौं । इन्ष्टिच्युट अफ इञ्जिनियरिंग (आईओई), थापाथली क्याम्पसले आफ्नो ५९औँ वर्षिक समारोहका शुभ अवसरमा आफ्नै क्याम्पस प्रांगणमा एक भब्य कार्यक्रमको आयोजना गरेको छ । बुधवार इन्ष्टिच्युट अफ इञ्जिनियरिंग (आई.ओ.ई), थापाथली क्याम्पसले आफ्नो ५९औँ वर्षिक समारोह समापन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । […]