बागमती प्रदेशकी पूर्व राज्यमन्त्री जोन्छेको निधन

काठमाडौं । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठका अनुसार जोन्छेको मङ्गलबार नै भक्तपुरस्थित हनुमानघाटमा अन्तिम दाहसंस्कार गरिनेभएको छ । […]

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा खानेपानी सरसफाइ तथा स्वच्छता उपसमितिले मधेस प्रदेशमा गरेको स्थलगत भ्रमण प्रतिवेदनको बारेमा छलफल हुने कार्यतालिका रहेको छ ।

आत्मनिर्भर लघुवित्त नाफा करोड माथि

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफा १ करोड १४ लाख पुगेको हो । गत आवको असोज मसान्तसम्म कम्पनी ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले […]

ग्रीनलाइफ हाइड्रोपावरको साधारणसभा आज

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारणसभा आज बस्दै छ । कम्पनीको तीन वटा साधारणसभा आज एकै दिन हुने भएको हो । कम्पनीको १३औं, १४औं र १५औं वार्षिक साधारणसभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ । उक्त सभाले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक […]

क्वारेन्टिन कार्यालय काँकरभिट्टाः तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन […]

‘ऋषिकेश’ धार्मिक पर्यटकीय गन्तव्य बन्दै

पाल्पा । यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र (रिणी)मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालीगण्डकी […]

गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिसेयर मूल्य ३९३.४० कायम गरिएको हो । समायोजन अघि कम्पनीको सेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो । समायोजन गरिएको मूल्यबाट बैंकको सेयर मूल्य आजदेखि कारोबारमा आउनेछ ।

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ […]

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो । नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने÷आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने […]

दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथिलानी

महोत्तरी । यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् । रातको समयमा खुला ठाउँमा दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाएर मनाइने यो पर्व वर्षाले प्रभावित […]