आज बडा दसैँको पाचौं दिन, स्कन्दमाताको पूजा गरिदैं

काठमाडौं । बडा दसैँको पाचौं दिन आज स्कन्दमाताको पूजा गरिदैंछ। भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ। चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको […]

आजको मौसम : देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ […]

गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी

काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन्। काठमाडौंमा बिहीबार सम्पन्न १० औं साधारणसभाबाट संचालक निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो। संस्थापक शेयर सदस्यहरुबाट रेग्मी सहित ४ जना सदस्य निर्वाचन भएका छन्। जसमा सुरेसकुमार श्रेष्ठ, शेर बहादुर बुढाथोकी र सुनिल कार्की छन्। साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका संस्थापक […]

फोटोन नेपालद्वारा ईभी भ्यान र टीएम१ मा आकर्षक अफर घोषणा

काठमाडौं । दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना लोकप्रिय मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन टीएम१मा विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको यो स्किमले दशैं–तिहारमा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई थप सजिलो, लाभदायक र रमाइलो बनाउने जनाएको छ। फोटोन ईभी भ्यान स्किमअन्तर्गत गाडी बुक गर्ने ग्राहकले यामाहा […]

अब क्यूएफएक्सको टिकट सिधै इसेवा एपबाटै

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिंग सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिंग सेवामा सुधार गरेको छ।। अब प्रयोगकर्ताहरूले QFX Cinemas का चलचित्र टिकटहरू सिधै इसेवा एपभित्रबाटै बुक गर्न सक्नेछन्। यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ। के हो यो नयाँ […]

ब्याट्री रिसाइक्लिङ प्लान्ट स्थापना गर्न नाडाको पहल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधान बारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। छलफलको क्रममा अध्यक्ष […]

व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो । युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठमा […]

टिगद्वारा प्रस्तुत नास-आईटी एक्स्पो २०२५, व्यवसायलाई प्रविधिसँग जोड्दै र नेपालको एआई भविष्यलाई आकार दिँदै

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी)ले टिगद्वारा प्रस्तुत नास–आईटी एक्स्पो २०२५ को घोषणा गरेको छ। यो आगामी नोभेम्बर ७–८ मा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजना हुँदैछ। नेपालको प्रविधि क्षेत्रलाई सुदृढ बनाउने दृष्टिकोण राखेर घरेलु बजारलाई उजागर गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नास–आईटी एक्स्पो २०२५ आयोजना हुँदैछ। […]

दशैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो

काठमाडौं । वडादशैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ । प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकमा एकतर्फी १६७ उडान तालिका छन् । बुधबार १४१ उडान निर्धारण गरिएको भए […]