उम्मेदवारका परिवारको बैंक खातामा पनि निर्वाचन आयोगको निगरानी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवारका परिवारको बैंक खातामा पनि निगरानी सुरु गरेको छ। निर्वाचन खर्च बैंकिङ प्रणालीमार्फत मात्र गर्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक निर्देशन दिइएको थियो। तर, धेरै उम्मेदवारले बैंक बाहिर खर्च गरेकाले आयोगले अब परिवारको खातासम्म निगरानी बढाएको हो। केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक आयुक्त सगुन शमशेर […]

अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन्। शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’कार्यक्रममा अध्यक्ष ओलीले देशमा आई परेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताएका हुन्। मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश संकटतर्फ धकेलिएको उनको भनाइ छ। उनले […]

पोखरा एनसेल सेन्टर पुनः सञ्चालनमा

काठमाडौं । एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः संचालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिपुगेपछि बन्द रहेको थियो। बिहीबार एक कार्यक्रममाझ मर्मतसंभार पश्चात पुनःसञ्चालनमा ल्याईएको सेन्टरको उद्घाटन गरिएको छ। एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका […]

यस पटकको होली पर्व घरभित्र मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ । कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिषरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पार्दै खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड […]

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको आज निरीक्षण तथा अनुगमनका क्रममा उनले विगतमा भएका कमजोरीलाई सच्याइ यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित बनाइने बताए । मन्त्री अर्यालले निर्धक्कसाथ शान्तिपूर्वक निर्वाचन गराउनेगरी वातावरण बनाउन सम्बद्ध […]

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाडौं ।  यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा २ लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाउने भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले […]

पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा

काठमाडौं । पछिल्लो हवाई आक्रमण र सीमापार झडपपछि पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अब ‘खुला युद्ध’ मा रूपान्तरित भएको घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत देशको ‘धैर्य समाप्त भएको’ जनाउँदै अब दुई देशबीच खुला युद्धको अवस्था सिर्जना भएको बताए । उनले नाटो सेना फिर्ता भएपछि पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापना […]

क्लब लगायत रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने

काठमाडौं । काठमाडौंमा सञ्चालन हुने रहेका रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले  बिहीबार एक सूचना जारी गर्दै ९ बजेपछि कुनै व्यवसाय नगर्न नगराउन निर्देशन दिएको छ । निर्वाचनको सुरक्षा व्यवस्थालाई लक्षित गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । फागुन १८ गतेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि रात्रिकालीन […]

नेपाल सरकारले गठन गर्यो राजस्व परामर्श समिति

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियालाई प्रभावकारी, पारदर्शी र बहुपक्षीय बनाउन राजस्व परामर्श समिति गठन गरेको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको माघ २८ गतेको निर्णयअनुसार यो समिति गठन भएको हो। अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा रहेको समितिले बजेट निर्माणका लागि राजस्व नीति, कर प्रणाली सुधार, भन्सार व्यवस्था तथा समग्र […]

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम।  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१ थान हतियार (बन्दुक) बुझाइएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचनापश्चात् हालसम्म उक्त सङ्ख्यामा हतियार प्राप्त भएका हुन् । यहाँका आठ जिल्लामा विभिन्न व्यक्तिले दुई हजार ५३१ थान इजाजत प्राप्त हातहतियार […]