सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । यस संस्थाको पुस ६ गते बसेको सञ्चालकि समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा […]

एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको ७७ लाख ६६ हजार ८१६.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ६ प्रतिशत बोनस सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

आइतबार १९.९२ अंकले घट्यो नेप्से

काठमाडौं । आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेको छ । बजार २५९५.१० अंकमा पुगेर बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनी ७० हजार ५ सय ७६ पटक कारोबार हुँदा १ करोड १२ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै,कारोबार रकम भने ४ अर्ब ४४ करोड ६६ लाख पुगेको छ । […]

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहका प्रमुख अथिति नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता

काठमाडौं । देशकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयले नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक  ताकाआकी काजितालाई प्रमुख अथिति बनाएर ५१औँ दीक्षान्त समारोहको तयारी गरेको छ । काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । जापानबाट फर्किएर त्रिविका उपकुलपति भएका प्रा.डा दीपक अर्यालको पहलमा काजिता दीक्षान्त समारोहमा सहभागी हुने भएका हुन् । पुस १० गते […]

नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डबाट ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’ घोषित

काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका […]

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला । जुम्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् । जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त जलविद्युत् आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका स्थानीय […]

जेनजी आन्दोलनका क्रममा लुटिएको ग्यासगन खोला किनारमा भेटियो

विराटनगर । झापाको कमल गाउँपालिकामा बेवारिसे अवस्थामा एउटा हतियार फेला परेको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ‘ग्यासगन’ आइतबार बिहान गेउरीय खोलाको किनारमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आइतबार बिहान साढे ६ बजेको समयमा कमल गाउँपालिका–५ स्थित धन प्रसाद मार्ग नजिकै रहेको गेउरीय खोला किनारमा हतियार […]

१० औ संस्करणको आइसिटी अवार्ड सम्पन्न, वर्षकै ठुलो र भव्य कार्यक्रमबीच १७ बढी विधामा अवार्ड वितरण 

काठमाडौं । दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले ललितपुरको पुलचोकस्थित द प्लाजामा सम्पन्न भएको छ।  लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इन्नोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई […]

सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित

सुनसरी । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा उत्पादित सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा ठूलो परिमाणमा भित्रिन थालेको छ। धरान कृषि बजार व्यवस्थापन समितिका अनुसार यस वर्ष कात्तिक–मङ्सिरमै गत वर्षको तुलनामा करिब २५ प्रतिशत बढी सुन्तला बजारमा आएको […]

गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादन गर्ने किसानलाई राहत

धनकुटा । गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौंबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसान लाभान्वित भएका हुन् । ठूलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला तथा […]