झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

झापा। जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोगमा जिल्लामा धानखेती गर्ने प्रचलन बढ्दै गएकाले रोप्नका लागि […]

युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते, एक दिनका लागि बुकक्लोज गर्दैछ । बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयर समायोजन […]

चुनाव आउन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी […]

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यहि फागुन १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण […]

कस्तो रहला आजको मौसम ? 

काठमाडौं । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । आज दिउसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६  पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

१२० भन्दा बढी कम्पनीको साधारण सभामा आइपीओ प्रस्ताव पेश, जम्मा १३ वटाले मात्र दिए लाभांश

काठमाडौं । चालु आर्थिक वर्षमा १०० भन्दा धेरै पब्लिक कम्पनीहरुले आइपीओ प्रस्ताव साधारण सभामा पेश गरेका छन् । आर्थिक वर्ष २०८२-८३ को फागुन १४ गतेसम्म आइपुग्दा कुल १२२ वटा कम्पनीहरुले वार्षिक साधारण सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव अघि सारेका छन् । जसमध्ये, अधिकांसले सभाबाट उक्त प्रस्ताव पारित गरिसकेका छन् भने केहीको सभामा सो एजेन्डा पेश […]

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । […]

टेनिस टोली भियतनाम जाने

काठमाडौं । भियतनाममा हुने यु–१४ उमेर समूहको ‘वल्ड्र जुनियर टेनिस प्रतियोगिता’मा मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । सहभागिता जनाउने खेलाडीमा पुरुषतर्फ सभ्यजङ्ग कार्की, विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलातर्फ सारा पन्त, एरा खत्री र स्वराह थापा रहेका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् । महिला खेलाडीको प्रतियोगिता मार्च २ देखि […]

क्षतिग्रस्त पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

गण्डकी । जेनजी आन्दोलनका क्रममा तोडफोडपछि क्षतिग्रस्त बनेको पोखरास्थित एनसेल सेन्टर आजदेखि पुनः सञ्चालनमा आएको छ । पोखराको सिर्जना चोकस्थित सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिग्रस्त बनेपछि बन्द रहेकामा आजदेखि पुनःसञ्चालनमा ल्याइएको हो । मर्मत सम्भार पश्चात पुनःसञ्चालनमा ल्याइएको सेन्टरको आज एक समारोहका बीच एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्स प्रालिका […]