कुलमानले अनुगमन गरे नारायणगढ–बुटवल सडकको अनुगमन

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्र्तगत सर्बसाधारणले अत्यन्तै सास्ती भोग्नु परेको सडक खण्ड दाउन्नेको उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझ निरीक्षण गरेका छन्  । उनले दाउन्ने खण्ड सडक निर्माण कार्यको रफ्तारलाई दोब्बर बनाई आउने जनवरी महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन्  ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाँदैछन्। भारतमा आयोजना हुने दुई वटा कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन भट्टराई आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। आइआइटी मुम्बईमा आयोजित हुने टेक फेस्ट र म नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण एसियाली नागरिक पहल समूहद्वारा आयोजना भएको विशेष कार्यक्रममा समेत प्रमुख वक्ता रहनेछ उनको सचिवालयले जनाएको […]

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचँदी मागसंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । त्यसैगरी, यस दिन चाँदी भने १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कायम […]

सिन्धु विकास र प्रभु बैंकले लाभांश नदिने

काठमाडौं । प्रभु बैंकले लाभांश नदिने घोषणा गरेको छ । यस बैंकको पुस ६ गते बसेको सञ्चालक समिति बैंककले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।  यता, सिन्धु विकास बैंकले पनि सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको हो ।

आइतबार ९ कम्पनीले घोषणा गरे लाभांश, कुन-कुनको कति ?

काठमाडौं । कालिका लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, स्वरोजगार लघुवित्त, महुली लघुवित्त, सिवाईसी नेपाल, मिथिला लघुवित्त, रिलायबल नेपाल लाइफ इनस्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये, कालिका लघुवित्तले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत […]

२० अर्बको निक्षेप तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पुष  ६ गते २० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ८४ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था […]

कक्षा ५,८ र १० को सामाजिक बिषयका किताब परिबर्तन हुने

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जनको प्रक्रिया सुरु भइसकेको बताएका छन्। शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता विषयक अन्तर्क्रियामा उनले परिमार्जित पाठ्यपुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने जानकारी दिए। उनका अनुसार पाठ्यपुस्तक लेखनका क्रममा सरोकारवालासँग […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४२ रुपैया ५४ पैसा बिक्रि दर १ सय ४३ रुपैया १४ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६६ रुपैया […]

राष्ट्र बैङ्कले १ अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ […]

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको पछिल्लो गणनामा घडियाल गोहीको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। निकुञ्ज कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष दुवै नदीमा गरी जम्मा ३६६ वटा घडियाल फेला परेका छन्। अघिल्लो वर्ष यी नदीहरूमा ३५२ वटा घडियाल गोही फेला परेका थिए। निकुञ्जले मङ्सिर २१ देखि २९ गतेसम्म […]