JCB NXT सिरिजका मेकानिकल एक्साभेटर सार्वजनिक

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले JCB इन्डियासँगको सहकार्यमा JCB NXT सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गरेको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा सम्पन्न भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा […]

डल्फिन पोलिप्लास्टले नेपाल गुणस्तर प्रमाण पत्र पायो

काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई सो प्रमाणपत्र प्रदान गरिएको हो । डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता, र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको कम्पनीले जानकारी दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्ति […]

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबीच १५ मिलियन डलरको व्यापार ऋण सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । यस साझेदारीले सानिमा बैंकको […]

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा नेपाल प्रहरीलाई डीएसएल क्यामरा सहयोग

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामरा सहयोग गरेको छ । मंगरबार नगरपालिकामा एक कार्यक्रमको अयोजाना गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख (मेयर) उपेन्द्र कार्कीले सहयोग स्वरूप जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंका प्रहरी उपरिक्षक अपिलराज बोहरालाई डीएसएलआर क्यामरा हस्तान्तरण गरेका हुन् । क्यामरा हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले प्रहरीको अनुसन्धानलाई अझ सशक्त बनाउँदै शान्ति सुरक्षा […]

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । युके–नेपाल विजनेश फोरमले मंगलवार काठमाडौंमा आयोजना गरेको “अनप्याकिङ नेपालः मार्केट अपरच्युनिटीज फर युके विजनेश ” शेसनमा विशेष वक्ताको रुपमा बोल्दै अध्यक्ष ढकालले महासंघको पहलमा सरकारले लगानी सहज बनाउन […]

केबुलकार निर्माणको पक्षमा ताप्लेजुङमा स्थानीयबासीको प्रदर्शन

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा  मन्दिर जाने केबुलकार निर्माणमा  जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा जनप्रदर्शन भएको  छ । बिरोध प्रदर्शनमा सहभागीले  स्थानीयहरु केबुलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरु लागेको  भन्दै छिटो केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् । बिरोध […]

रोकियो एमसीसीको बजेट

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC) अन्तर्गत सञ्चालित परियोजनको भबिश्य अन्योलमा परेको छ ।    २०८१ फागुन २ मा सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC) ले  इ-मेल पत्रमार्फत् नेपाल सरकारलाई  अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार बजेट रोकिएको  जानकारी दिए सँगै  यी परियोजना संकटमा परेका हुन्   । उक्त […]

सानिमा बैंकले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीसँग ऋण लिई उर्जा क्षेत्रमा लगानी गर्ने

काठमाडौं । सानिमा बैंकले र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट पिएलसीबाट १५० करोड अमेरिकी डलरको ऋण लिने भएको छ । सो सम्वन्धमा सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीका बीचमा  व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार प्राप्त ऋण  सानिमा बैङ्कले विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको […]

कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढे लगाम लगाउने :ऊर्जामन्त्री खड्का

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताए । उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने […]

बाढीले क्षतिग्रस्त २६ आयोजना पुनर्निर्माण गर्न अर्थले दियो झण्डै १९ अर्बको स्रोत सहमति

काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजनाहरु पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय […]