राष्ट्रपति र सभामुखबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । बिहीबार साँझ ७ बजेतिर भेटवार्ता भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । भेटमा देशको विद्यमान परिस्थिति र संविधानसम्मत निकासका विषयमा कुरा भएको जनाइएको छ ।

