विभागद्वारा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति, ४ सय ३५ वटा खोल्न सिफारिस

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको ६ महिनामा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति दिएको छ । विभागले बिहीवार सार्वजानिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिको कार्य प्रगतिअनुसार विभाग तथा विभाग मातहतका प्रदेशस्थित आठ वटा कार्यालयहरूबाट ती उद्योगलाई अनुमतिपत्र जारी गरिएको हो । उक्त […]

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन-जी मुभमेन्ट अलायन्सद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । जेन-जी मुभमेन्ट अलायन्सले भदौ २३ र २४ को घटनाबारे छानविन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरेको भन्दै अलायन्सले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रधानमन्त्री निजी सचिवालयमा ध्यानाकर्षणसहितको मागपत्र दर्ता गराएका हुन् । आयाेगले प्रतिवेदन लुकाउन खाेजिएकाे उनीहरूकाे आशंका छ । […]

निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार

काठमाडौं । नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा निगमको कुल आम्दानी करिब सात प्रतिशतले वृद्धि भएको छभने यात्रु सङ्ख्या करिब १८ दशमलव ७ प्रतिशतले […]

डलर भन्दै कागजको बिटो थमाएर ठगी गर्ने पक्राउ

काठमाडौं । सक्कली डलर देखाएर नक्कली डलर दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका– ६ घर भएका ५१ वर्षी को देवबहादुर तामाङ रहेका छन् । तामाङले बुधबार दिउँसो २ बजे काठमाडौंको नागार्जुन नगरपालिका– ७ रत्नराज्य स्कूल नजिकै पछाडिको जंगलमा डलर साटी दिन्छु भन्दै पटक पटक फोन गरी […]

जापानमा जन्मदर दशकदेखि ओरालो

टोकियो। जापानमा सन् २०२५ मा जन्मेको शिशुको सङ्ख्या लगातार दशौँ वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ, जसले देशको घट्दो जनसङ्ख्या र श्रम सङ्कटलाई थप गम्भीर बनाएको छ । प्रारम्भिक स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गत वर्ष सात लाख पाँच हजार ८०९ शिशु जन्मिएका छन् । यो सन् २०२४ को तुलनामा २.१ प्रतिशत कम हो । यस तथ्याङ्कमा […]

झण्डै २ खर्बले बढ्दा २८ खर्ब ५८ अर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौं ।मुलुकको सार्वजनिक ऋण दायित्वमा करिब रु २ खर्बले वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा कुल सार्वजनिक  ऋण दायित्व रु २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को शुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा […]

निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने स्पष्ट पारेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा आफ्नो चुनावी एजेण्डसहित एक सातापछि हुने निर्वाचनमा सहभागी हुने बताए । “यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै ‘एजेण्डा’, […]

प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल

महेन्द्रनगर। प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उहाँले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिए । छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिएको सुदूरपश्चिम पृतनाले जनाएको छ । सो छलफलमा कैलाली र कञ्चनपुरका […]

बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब

ढाका। बङ्गलादेशको अदालतले भ्रष्टाचारको आरोपमा बेलायतका पूर्वमन्त्री तथा लन्डनका सांसद ट्यूलिप सिद्दिकको गिरफ्तारीका लागि इन्टरपोललाई रेड नोटिस जारी गर्न अधिकारीहरूलाई आदेश दिएको छ । अदालतले निजी अचल सम्पत्ति परियोजनामा सिद्दिकले आफ्नो शक्तिशाली राजनीतिक सम्बन्धको दुरुपयोग गरी जग्गा प्रदान गरेको आरोपको मामिलामा भ्रष्टाचार विरोधी आयोगको याचिकालाई स्वीकार गर्दै आदेश जारी गरेको थियो । सिद्दिकलाई पहिले नै […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, शेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ । यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ । […]