गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास कार्य अघि बढाएको छ । कामपाले ३२ वटै वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्नेगरी काम गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी जानकारी दिए । उक्त कार्यका लागि कामपाले ३२ वटा वडामा दुई चरणमा तालिम सञ्चालनसमेत गरिसकेको छ । पहिलो चरणमा […]

सञ्चय कोषको भुक्तानी लिएर हिसाब मिलान गर्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई भुक्तानी लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थ मन्त्रालय वा यस अन्तर्गतका निकाय र अन्य सरकारी निकायहरूबाट विगतमा नियमित रूपमा कर्मचारी सञ्चय कोष कट्टी जम्मा गर्ने गरेका सञ्चयकर्ताहरूका लागि यो जानकारी गराएको हो। सूचना अनुसार […]

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा । पोखराको सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । पोखराको चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको रमणीय दृश्य हेर्न पर्यटकहरुले एक समयमा अल्ट्रालाइट उडानलाई […]

नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुन: पोखरेल चयन

चितवन । नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल निर्विरोध चयन भएका छन् । भरतपुरमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितिय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला, कोषाध्यक्षमा प्रकाश चापागाई र […]

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन सार्वजनिक भएपछि जनप्रतिनिधि उत्साहित

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि नीति निर्माणको माग गर्दै यहाँको नगरपालिकाका जनप्रतिनिधि चरणवद्ध आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री […]

जेनजी र स्थानीयबासीको नाममा सेयर माग्न थालेपछि हैरान भए हाइड्रोका लगानीकर्ता

काठमाडौं । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरेपनि पछिल्लो समयमा जेनजी र स्थानीयबासीको नाममा निःशुल्क सेयर र करोडौ […]

लक्ष्मी ग्रुपले आफ्नो ५२औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं ।  लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औं वर्ष पूरा गरेको छ। सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक एउटा सानो पसलबाट सुरु भएको यो यात्रा आज ५२ वर्ष पुग्दा एक ठूलो र सफल व्यावसायिक घराना (कम्पनी) को रूपमा विकसित भएको छ। विगतका वर्षहरूमा यस ग्रुपले विभिन्न क्षेत्रहरूमा आफ्नो व्यवसाय फैलाएको छ। हाल यसको पोर्टफोलियोमा अटोमोबाइल […]

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं । सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र […]

तोडिएका ठेक्काको तत्काल टेन्डर गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२-८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा […]

राहुघाट जलविद्युत् आयोजना : भौतिक प्रगति ९० प्रतिशत बढी

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन […]