मणिमुकुन्देश्वर नक्षत्र वाटिका उपेक्षामा
तनहुँ। देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वनभित्र निर्माण गरिएको नक्षेत्र वाटिका हाल संरक्षण अभावका कारण अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने यो वाटिका उचित व्यवस्थापन नहुँदा दिनानुदिन उजाड बन्दै गएको हो । शम्भु तपो धार्मिक वनअन्तर्गत करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको […]

