मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

महेन्द्रनगर । मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनकपुरधाम स्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिए । बुधबार पाँच दलको […]

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट १ याममा पाँच लाख बढी आम्दानी गर्दै आएको छ । पूर्वशिक्षकसमेत रहएको  उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै अएको हो । गत असारमा शिक्षण पेसाबाट अवकाश लिएको भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेतीमा गरिरहेको बताए । दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी […]

मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा सपथ

महेन्द्रनगर । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रदेश प्रमुख भण्डारीले उनलाई नेपालको […]

दुई महिनामा निजी क्षेत्रमा ४९ अर्ब २४ करोड कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष भदौ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.९ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड रुपैयाँ (०.९ प्रतिशत) ले बढएर  कुल कर्जा ५५ खर्ब ४६ […]

तिहार र छठमा बससेवाबाट टिकट काट्ने ३० जनाले चाँदीको बिस्कुट पाउने

काठमाडौं । अनलाइनबाट बस तथा हवाइ टिकट बुकिङ गर्ने संस्था बससेवाले तिहार र छठ पर्वलाई लक्षित गरी अभियान घोषणा गरेको छ । तिहार र छठ पर्वभर बससेवामार्फत टिकट काट्ने यात्रुहरूमध्ये ३० जनालाई चाँदीको बिस्कुट, दुईजनालाई भिभो कम्पनीको मोबाइल फोन दिन लागेको हो । कम्पनीका अनुसार २९ भदौदेखि १४ कार्तिकसम्म यो अभियान रहन्छ । बससेवाले नेपालीको […]

कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो नेपालकै पहिलो ‘डोर इस्टेप बैंकिङ सर्भिस’

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो डोर इस्टेप बैंकिङ सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ । अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत […]

दुई महिनामा ६७ खर्ब बढी तरतला प्रशोचन

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन भदौ) मा ६७ खर्ब बढी तरलता (कारोवारमा आधारित) प्रशोचन गरिएको छ । बैंकका अनुसार दुई महिनामा ६७ खर्ब ८५ अर्व ६० करोड ( कारोवारमा आधारित) तरलता प्रशोचन गरिएको हो । उक्त रकम मध्ये निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्व ३५ करोड र […]

मधेसका सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मधेस प्रदेशका सांसदसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वकानुन राज्यमन्त्री सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सिंहविरुद्ध ३८ लाख ५० हजार ३१९ रुपैयाँ बिगो माग गरिएको छ। हेर्नुहोस् अख्तियारले दायर गरेको आरोपपत्र  जिल्ला […]

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी (अमेरिका) । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा अर्थमन्त्री खनालले एसियाली विकास बैंकले खासगरी पूर्वाधार विकासका क्षेत्रमा नेपाललाई लामो समयदेखि गर्दै आएको योगदानको चर्चा गरे । त्यस्तै उनले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि […]

झापामा बाढीका कारण पाँच करोडको धान नष्ट

झापा । असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए। ‘बाढीले अन्य कृषिबालीमा पनि क्षति […]