सानिमा जीआईसी इन्स्योरेन्सको नाफा १६ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासमा खुद नाफा २३ करोड ३५ लाख रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १६.२१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड ९ लाख नाफा आर्जन गरेको थियो । कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६८ करोड […]

टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न

काठमाडौं । डीएभी टोस्टमास्टर्स क्लब र टोखा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा वैशाख २७ गते डीएभी कलेजमा आयोजना गरेको टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स र तारा फुड्सको सहकार्य तथा डीएभी स्पोर्ट्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया एन्ड प्रमोशन क्लबको समर्थनमा सम्पन्न […]

सलिकोको नाफा २५ करोड बढी

काठमाडौं । सगरमाथा लुम्बिनी कम्पनी (सलिको) को नाफा २५ करोड बढी रहेको छ । कम्पनीको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा खुद नाफा २५ करोड १९ लाख ४९ हजार पुगेको छ । गत आवको सोहि अवधिको तुलनामा भने खुद नाफा घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ४७ करोड ५४ लाख ६ […]

अमेरिका र चीनबीच भन्सार शुल्क ११५ प्रतिशतसम्म अस्थायी रूपमा घटाउने सहमति

काठमाडौं । स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि अमेरिका र चीनले एकअर्काको आयातमा लगाइएको भन्सार शुल्क अस्थायी रूपमा घटाउने सहमति गरेका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक रूपमा लगाइएको कर ११५ प्रतिशतसम्म घटाउने निर्णय गरेका हुन्। वार्ताको समापनपछि सोमबार सार्वजनिक रूपमा उक्त सम्झौताको घोषणा गरिएको हो। बेसेन्टले वार्तालाई “उत्पादक र रचनात्मक” […]

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन […]

कर छलीमा सवा एक अर्ब असुल गर्न ध्रुव कन्स्ट्रक्सनका सञ्चालकमाथि मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ । राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा […]

मेलम्ची र हेलम्बु क्षेत्रको पुननिर्माणमा सरकार लाग्नेछः उर्जामन्त्री खड्का 

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुऱ्याएको क्षतिको पुननिर्माणमा सरकार लाग्ने बताएका छन् मन्त्री खड्काले आज मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले काम गर्ने बताएका हुन् । उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिंचाई व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । […]

ट्रेड टावरको आईपीओ बाँडफाँड

काठमाडौं । ट्रेड टावर लिमिटेडले निष्कासन गरेकाे पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । ट्रेड टावर लिमिटेडको धिताेपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आइतबार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ शेयर बाँडफाँड गरेको हो । बिक्री प्रबन्धकका अनुसार माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हाे […]

नेशनल लाइफको खुद बीमा शुल्क आर्जन १२ अर्ब ६२ करोड बढी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ७ करोड ९५ लाख २६ हजार खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमास अवधिमा उक्त आम्दानी गरेको हो । जुन रकम गत आवको यसै अवधिको तुलनामा ११.४८ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा कम्पनीको खुद बमिा शुल्क आर्जन […]

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

काठमाडौं । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएकोे […]