ओटीसी मार्केटमा ३ अर्ब २६ करोडको कारोबार, ३१ करोड भन्दा धेरै पुँजीगत लाभकर संकलन हुँदा कुन-कुन कम्पनीको सेयर किनबेच भयो ?
काठमाडौं । ओभर द काउन्टर (ओटीसी) मार्केटमा ३ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । चालु आर्थिक वर्षको ७ महिना अर्थात, माघसम्म ओटीसीमा ३ अर्ब २६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार विभिन्न ३० वटा कम्पनीहरुको फरक फरक मितिमा सेयर कारोबार भएको छ । […]

