मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एग्रि–फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न
काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०औँ वर्ष प्रवेशको शुभ अवसरमा बैंकले मुक्तिनाथ एग्रि–फाइनान्स ३६० कार्यक्रम यही पुस १८ गते सम्पन्न गरेको छ । कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारको विशेष सम्बोधन रहेको थियो । […]

