आज प्रतिनिधि सभा बैठक: महत्त्वपूर्ण विधेयक र प्रतिवेदन प्रस्तुत हुँदै
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रमुख कार्यसूची महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन: महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेस गर्नेछन्। […]

