एक हजार देखि ५० करोडसम्म एसआईपी गर्न सकिने सिटिजन्स सदाबहार योजना, वार्षिक प्रतिफल १५ % माथि

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ५० करोड रुपैयाँको एसआईपी समेत गर्न सकिने प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना संचालन आएको छ । नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति पाएको यो योजना असार १३ गते देखि असार २७ गते बैंकिङ्ग समय सम्म इकाई बिक्रिका […]

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

काठमाडौं । अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरेको छ । बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेश्नलसंगको सहकार्यमा सोमबार एक कार्यक्रम गरी कम्पनीले यसवारे जानकारी दिएको हो । काठमाडौंका स्थानिय मेकानिकलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले वोश ब्रान्डको स्पयेर पाट्र्सको बजारिकरणमा महत्वपूर्ण योगदान दिने विश्वास […]

आगामी आवको वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणद्वारा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सोही नीति तथा कार्यक्रम बमोजिम प्राधिकरणले आगामी आर्थिक वर्षका कार्यक्रम र बजेट तर्जूमा गरी […]

सुधारोन्मुख अर्थतन्त्रलाई गति दिई निजी क्षेत्रको मनोबल बढाउने मौद्रिक नीतिमा महासंघको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघका पदाधिकारीहरुले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरेको हो । महासंघले अर्थतन्त्रमा देखिएको सिथिलता, वित्तीय क्षेत्रको जोखिम, र अनौपचारिक क्षेत्रको […]

कर फछर्यौटसम्बन्धी विशेषको फैसला सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका पदाधिकारीहरूमाथि विशेष अदालतले सुनाएको फैसला बदर गरेको छ। न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य–सचिव (पूर्व महानिर्देशक) चूडामणि शर्मालाई विशेष अदालतले गरेको फैसला पुनर्विचारका लागि विशेषमै पठाउने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ सालमा गठन भएको उक्त आयोगका […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गर्नुभएको हो ।सांग्रिला डेभलपमेन्ट बैंकको […]

हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने

काठमाडौं । नेपाल जन–प्रशासन संघ र साल्ट्र ट्रेडिङ कर्पोरेशनले प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रधान गरिने भएको छ । साल्ट ट्रेडिङले मंगलबार पत्रकार सम्मेलन मार्फत हेमबहादुर मल्ल सम्मान २०८० श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको हो । दुई लाख रुपैयाँ नगद धनराशी रहेको यस सम्मान बिहीबार श्रेष्ठलाई प्रदान गरिने छ । […]

आज पनि रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । रास्वपाबाट धारणा राखेकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा स्पेनको […]

बैंकको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी साढे ६ खर्ब बढी

काठमाडौं । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी पौने १३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । चालु आर्थिक वर्षको जेठसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ […]

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गर्नेलाई सम्मान

इलाम । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो । साढे तीन वर्ष साउदी अरबको कठिन अनुभव सगालेर फर्किएकी सपना सुवेदीलाई सफल महिला उद्यमीका […]