युरोपियन देशमा पनि सहज रुपमा कामदार पठाउन पाउनु पर्ने माग

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अघ्यक्ष भुवनसिंह गुरुङले युरोपियन देशहरुमा पनि सहज तरिकाले कामदार पठाउन पाउनु पर्ने माग राखेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै उनले अहिले खाडी मुलकहरु जस्तै साउदी अरब, कतार, युएई जस्ता देशहरुमा मात्र कामदार पढाइने गरिएको तर युरोपमा पनि माग रहेको बताए । […]

ट्रम्पले राेके अमेरिकी डीभी लाेटरी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा (डीभी) लटरी कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेका छन्। सन् २०२७ को डीभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गरिने संकेत दिएको करिब एक महिनापछि ट्रम्प प्रशासनले यससम्बन्धी औपचारिक घोषणा गरेको हो। होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले राष्ट्रपतिको निर्देशनअनुसार अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) अन्तर्गत सञ्चालनमा रहेका […]

जेनजी र स्थानीयबासीको नाममा सेयर माग्न थालेपछि हैरान भए लगानीकर्ता, इप्पान अध्यक्ष भन्छन्–‘धेरै समस्या भयो, सरकारले वास्ता गरेन’

काठमाडौं । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरेपनि पछिल्लो समयमा जेनजी र स्थानीयबासीको नाममा निःशुल्क सेयर र करोडौ […]

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता

वासिङ्टन । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ । एएफपीले अध्ययन गरेको आन्तरिक मेमोअनुसार टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ च्यूले […]

आजदेखि नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौँ । आजदेखि ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु भएको छ । भृकुटी मण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा नेपालसहित भारत, चीन, मलेसिया, जर्मनी, ताइवानलगायत देशको सहभागिता रहने आयोजकले जनाएको छ । ‘फ्युचरेक्स टेड फेयर एण्ड इभेन्टस् प्रालि’ र ‘मिडिया स्पेस […]

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

काठमाडौँ । सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० प्रवाह एक अर्ब ५० करोड देखि २ अर्ब अमेरिकी डलरकोबिचमा हुने अपेक्षा गरेको लगानी बोर्डका अध्यक्ष अर्जुन हेराथले पत्रकारहरूलाई बताए छन् । अध्यक्ष हेराथले सन् २०२५ मा एफडीआई एक अर्ब डलर नाघेको पुष्टि गरेका छन् । आर्थिक र नीतिगत अनिश्चितताले ग्रस्त अवधि पछि श्रीलङ्काको औद्योगिक […]

ढाकामा तनाव बढ्दो

ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूले घरको बाँकी संरचना […]

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं ।  नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहेका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो । नेपालको अनररी कन्सलसम्बन्धी नियमावली बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५ वर्षदेखि व्यावसायिक […]

११ वर्षदेखि मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड अधुरै

काँक्रेविहार। मध्यपहाडी लोकमार्ग ११ वर्षदेखि अधुरै रहेको छ । जाजरकोट खण्डको ८५ किलोमिटर सडकमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ । लोकमार्गको कुदुदेखि थलहसम्मको भाग अझै निर्माण कार्य पूरा भएको छैन । थलहदेखि सुवायासम्मको सडक निर्माण कार्य पूरा भई निर्माण व्यवसायीले जिम्मासमेत लगाइसकेको अवस्था रहेको छ । झण्डै ३० किलोमिटर काम नहुँदा बर्सेनि समस्या […]

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चाङ्गाधुरी

म्याग्दी । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मंगला गाउँपालिका-५ अर्मनको चांगाधुरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ। समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चांगामा सडक यातायातको पहुँच, खानेपानी र केन्द्रीय विद्युतीकरणको सुविधा विस्तारसँगै प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ। चांगाखर्कबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ। पहिलो […]