आज लक्ष्मीपूजा, धन, ऐश्वर्य र समृद्धिकी देवीको आराधना गरि मनाइदै 

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले सजाउने […]

यमपञ्चकको दोस्रो दिन : आज कुकुर तिहार र नरक चतुर्दशी

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ । पुराण अनुसार यमलोकमा […]

यस्तो छ लक्ष्मीपूजादेखि भाइटीकासम्मको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ । महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ । सो प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र एक–दुई स्थानमा फाटफुट वर्षा […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

काठमाडौं । अस्ट्रेलियाले वर्षाले अवरुद्ध पहिलो एकदिवसीय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । योसँगै ३ खेलको सिरिजमा घरेलु टोलीले १–० को अग्रता समेत लिएको छ । लगातार चारपटक वर्षाका कारण रोकिएको खेल अन्ततः २६–२६ ओभरमा छोट्याइएको थियो । भारतले पहिले ब्याटिङ गर्दै २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो । डकवर्थ–लुइस नियमअनुसार […]

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ। जिल्लाको दङ्गीशरण गाउँपालिका-२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन् । त्यत्तिमात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकन पनि गर्न सकिन्छ । पछिल्लो समय राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न […]

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ । मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । यसअघि दसैंमामा मुस्ताङसहित डोल्पा, मुगु, जुम्लालगायत स्थानबाट १६ हजार भेडाच्याङ्ग्रा बेनी–जोमसोम सडकमार्ग हुँदै बिक्रीका लागि अन्यत्र लगिएको पशु चिकित्सक लालमणि अर्यालले […]

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर निजको मृत्यु भएको […]

यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढीछ : पूर्व प्रधानमन्त्री ओली

काठमाडौं । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गरेका छन् । सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने उनको भनाइ छ । आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? […]

२७ गते बेलुकासम्म मेरो मोबाइल सिज गरिएको थियो : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाले नियन्त्रणमा लिएपछि आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको उनले बताएका हुन् । आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले पहिलोपटक यो खुलासा गरेका हुन् । ‘पदबाट राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म […]