अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गरेका छन् । तर अहिलेसम्म कुनै देशले स्पष्ट प्रतिबद्धता दिएको छैन । तेलको मूल्य युद्धको कारण अत्यधिक बढेको छ । ट्रम्पले भन्नुभयो, “म यी देशहरूलाई आफ्नो क्षेत्रको सुरक्षा गर्न आग्रह गर्दैछु । किनभने यो उनीहरूको आफ्नो […]

१ करोड १६ लाख नगदसहित २ हुण्डी कारोबारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डीको रकमसहित यहाँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले […]

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन : सुरु गर्दै

बेइजिङ। एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ प्रत्यक्ष उडानहरू पुन : सुरु गर्ने तयारी गरेको एयर चाइनालाई उदृत गर्दै एएफपीले जनाएको छ । यस अघि दुई राजधानीहरू बीच रेल सेवाहरू छ वर्षको अवरोध पछि गत बिहीबार देखि पुनः सुरु भइसकेको जनाइएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने […]

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा.राजीव श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम सम्बन्धित […]

स्पष्ट कानुन नहुँदा यस्ता कम्पनीहरुको आइपीओ प्रकृया अझै अगाडि बढेन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा स्पष्ट कानुन नहुँदा हाल नेप्सेमा सूचीकृत भएका भन्दा फरक प्रकृतिका कम्पनीहरुले आइपीओ जारी गर्न पाएका छैनन् । आइटी, हेलिकप्टर, टेलिभिजन, हस्पिटललगायत नयाँ क्षेत्र र फरक ‘बिजनेस नेचर’ भएका कम्पनीहरुको आइपीओ अनुमति नपाएका हुन् । धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन नगर्दासम्म यस्ता कम्पनीहरुको आइपीओ पकृया अन्योल नै देखिएको छ । […]

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) को निरीक्षण गरेकि छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनका लागि सुरु भएको सेवा प्रवाहको मोडेल ‘पास’ सहितको समग्र प्रणाली र कार्यालय व्यवस्थापनको निरीक्षण गरेकि हुन । निरीक्षणमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत विशिष्ट पदाधिकारीहरू सहभागी थिए । […]

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचिकृत भएको छ । सोमबार नेप्समा यस योजानाको २० करोड इकाई  सूचीकृत भएको हो । नेप्सेले यसलाई  ‘NSY’ सिम्बोल दिएको छ  ।

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षम भएको भेटमा उनिहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक विषयमा छलफल भएको थियो । नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक […]

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ वटा कम्पनीका बोनस सयेर सूचीकृत भएका छन् । एनआरएन इन्फ्रास्ट्रक्जर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दीको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, एनआरएन इन्फ्रास्ट्रक्जरको ५१ लाख ३७ हजार ४८९.१४ कित्ता सेयर सूचिकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट ४० प्रतिशत बोनस सेयर […]

अब आउने बालेन सरकारलाई २८ खर्ब ७८ करोड सार्वजनिक ऋणको भार

काठमाडौं ।  आगामी बालेन साह नेतृत्वको सरकारलाई ऋणको भार चर्को पर्ने देखिएको छ । अघिल्ला र वर्तमान सरकारले निरन्तर सार्वजनिक ऋण लिदाँ यसको भार बढेको हो । चालु आर्थिक वर्ष (आव) ८ महिना अर्थात् फागुनमसान्तसम्म सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो ८ महिनामा २ खर्ब ४ अर्ब २४ करोड […]