जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जा मन्त्रालय र योजना आयोगबीच सहमति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्‍याएको क्षतिलाई सम्बोधन गर्दै पुनर्निर्माणलाई अझ सुरक्षित, उत्थानशील र दीर्घकालीन बनाउन बिहीबार ऊर्जा मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको हो […]

 प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा सम्माननीय प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए। साथै, उहाँले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताए। ​उनले न्यूजिल्याण्डले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता […]

४८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि २५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार […]

चिलिमेको सुरुङभित्र सुनियो इको, उद्धारस्थलमै पुगेर कुलमान घिसिङले के भने?

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धारका लागि कुलमान घिसिङ आफैं कार्यक्षेत्रमा खटिएर समन्वय गरिरहेका छन्। चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक तथा घिसिङले विद्युतगृह सञ्चालनको आफ्नो लामो प्राविधिक अनुभवका आधारमा उद्धार टोलीलाई प्रत्यक्ष निर्देशन र सहजीकरण गरिरहेका हुन्। घिसिङका अनुसार मुख्य पहुँच सुरुङमा जम्मा भएको ठूलो मात्राको लेदो, बालुवा र ढुंगा […]

बैंकिङ प्रणालीमा अधिक तरलता ७० अर्व निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं ।बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले बुधबार ७० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ६० दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागेको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा १० […]

ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरीका लागि जीडब्ल्यूएम नेपाल तयार, कोरला नाकाबाट ढुवानी सुरु

काठमाडौं । नेपालमा जीडब्ल्यूएम (GWM) का नयाँ विद्युतीय मोडलप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हालै सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ। कम्पनीले बुकिङ गरेका ग्राहकसम्म गाडी पुर्‍याउने तयारी तीव्र बनाएको जनाएको छ। भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित […]

महाकुलुङमा पहिरोले रोकियो हुङ्गु खोलाको बहाव: फुट्ने खतरा बढेपछि आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह

काठमाडौं ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा माथिबाट खसेको पहिरोले खोला थप्पिएर करिब १५ मिटर अग्लो ड्याम (कृत्रिम पोखरी) बनेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनालाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८:४० बजे सूचना जारी गरी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह […]

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज

काठमाडौं । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए । मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने […]

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं । भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ । बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार बाढी प्रभावितका लागि स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले उपलब्ध गराउने […]

सांग्रिला डेभलपमेन्ट बैंकको साढे ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनी टेल बहादुर पुनको नाममा रहेको ७ हजार ५१० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको हो । सेयर किन्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ […]