टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौंः मन्त्री कुलमान घिसिङ

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन्  । राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने […]

सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकलले पुष ९ गते बाट आइपिओ जारी गर्ने

काठमाडौं । सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकल  लिमिटेडको कम्पनीले आफ्नो  जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४ सयको को २० प्रतिशत ६ करोड ८९ लाख ६७ हजार ५ सयको  बराबरको प्रतिकित्ता १ सयका दरले ६ लाख ८९ हजार ६ सय ७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र  नुवाकोट जिल्लाको दुप्चेश्वे जाँउ पालिका का सबै वडा […]

निर्णायक क्षणमा राष्ट्र र आन्दोलनको पक्षमा उभिन शंकर पोखरेलको आह्वान

काठमाडौं । नेकपा (एमाले) का महासचिव पदका उम्मेदवार शंकर पोखरेलले पार्टी, आन्दोलन र राष्ट्रको रक्षाका लागि आफूलाई विजयी बनाउन आग्रह गरेका छन् । समकालीन नेपाली राजनीतिमा स्थापित, वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सक्षम नेताका रूपमा परिचित पोखरेलले प्रतिनिधिहरुलाई आग्रह गर्दै लेखेका छन्, “पार्टी, आन्दोलन र राष्ट्रको रक्षाका लागि तपाईको अमूल्य मतको अपेक्षा राखेको छु […]

चेल्सीलिग कपको सेमिफाइनमा प्रवेश

काठमाडौं । चेल्सीले मंगलबार इङ्लिस लिग कपको क्वार्टरफाइनलमा तेस्रो डिभिजनको कार्डिफ सिटीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। यो जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अलेहान्द्रो गार्नाचो र पेड्रो नेटो निर्णायक बने। खेलपछि गार्नाचोले भने,‘कहिलेकाहीँ सुरुआतमा खेल्नुपर्छ, कहिलेकाहीँ बेन्चबाट आएर मद्दत गर्नुपर्छ। हामी यसबारे धेरै सोच्दैनौं, टोलीलाई सहयोग गर्नु नै हाम्रो लक्ष्य […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

संस्थापक सेयर बिक्री गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले तीन जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख २८ हजार १९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । जसमध्ये संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता र […]

रिलायन्सको आईपीओ विरुद्ध परेकाे रिटमा उच्चको फैसला झिकाउन सर्वोच्चको आदेश 

काठमाडौं । आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा उच्च अदालत पाटनले यसअघि गरेको फैसला झिकाउने आदेश दिइएको छ । खगेन्द्रराज कँडेलले अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सर्वोच्चले उच्च अदालत पाटनले रिलायन्सको पक्षमा गरेको फैसलासहितको मिसिल झिकाउन आदेश दिएको हो […]

एमाले महाधिवेशनः आज बिहान ८ बजेदेखि मतदान हुने

काठमाडौं । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो । निर्वाचन […]

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका […]

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहेको छ । पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । […]