अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएको छ। अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने “हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । […]

इजरायली आक्रमणमा हमासका नेताको मृत्यु

सिदोन। दक्षिण लेबनानको सिदोन क्षेत्रमा आइतबार बिहान इजरायलले गरेको आक्रमणमा हमासका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी लडाकू समूहको स्रोतले एएफपीलाई बताएको छ । नाम नबताउने सर्तमा स्रोतले भन्यो, “सरकारी मिडियाले पहिले उत्तरी सिदोनको एक आवासीय भवनमा आक्रमण गरेको रिपोर्ट गरेपछि आक्रमणमा हमासका अधिकारी विसाम ताहाको मृत्यु भएको बताइएको थियो । तटीय शहर लेबनानको सबैभन्दा ठूलो […]

घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध घूस लिई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभागमा राजस्व चुहावटसम्बन्धी छानबिनमा संलग्न रहँदा अधिकारीले एक व्यवसायीबाट ठूलो रकम घूस लिएको र उक्त रकम विभिन्न माध्यम प्रयोग गरी शुद्धिकरण गरेको निष्कर्षसहित मुद्दा […]

लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ हुने भएको हो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय […]

पोपद्वारा मध्यपूर्वमा शान्तिका लागि अपिल

भ्याटिकन सिटी। पोप लियो चौधौँले मध्यपूर्वमा शान्तिका लागि आफ्नो अपिललाई आइतबार पुनः दोहोर्याएका छन्। उनले युद्ध अन्त्य गर्न र वार्ता पुनः सुरु गर्न आह्वान गरेका हुन्। भ्याटिकनमा आफ्नो साप्ताहिक एन्जलस प्रार्थनामा पोपले भने, ‘प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, दुई हप्तादेखि मध्यपूर्वका जनताले युद्धको क्रूर हिंसाको सामना गरेका छन्। हजारौँ निर्दोष मानिस मारिएका छन् र अरु अनगिन्ती […]

राखेप सदस्य टमटा सम्मानित

काठमाडौं । चैतन्य पाठशाला, धनगढीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगत टमटालाई सम्मान गरेको छ । चैतन्य पाठशालाले आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने राखेपका पूर्व मुख्य क्रिकेट प्रशिक्षक समेत रहेका टमटालाई सम्मान गरेको हो । महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्लीलगायतले टमटालाई दोसल्ला प्रशंसा पत्र र […]

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आज आयोगको उम्मेदवार खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । […]

पार्टी सुधारका लागि कांग्रेस महामन्त्री पौडेलले मागे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा सुभेच्छुकसँग सुझाव मागेका छन् । आज सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् । ‘भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आईसकेको छ । पुषमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका […]

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास भइरहेको छ । सङ्घका अध्यक्ष बद्री केसीले नयाँ नेतृत्व सर्वसम्मतिमै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिए । ‘निर्वाचन नहुने र सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । अध्यक्षलगायत सबै पदमा सहमतिका लागि छलफल जारी छ’, उनले भने। एनआरएनएले यसअघि भौतिक […]

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गर्दै मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने जनाएको हो । दूतावासले भनेको छ, […]