पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई अनिश्चितकालीन कर्फ्यू लगाएका हुन् । प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले कर्फ्यु लागू […]

एमएमबि लघुवित्तले लाभांश नदिने

काठमाडौं । एमएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । यस लघुवित्तको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

एलन मस्कको नेटवर्थ ८४५ अर्ब डलर पुग्यो, बने मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति

काठमाडौं । एलन मस्कले इतिहास रच्दै पहिलो व्यक्ति बनेका छन् जसको नेटवर्थ ८४५ अर्ब डलर पुगेको छ ।  उनले स्पेसएक्स र xAI को मर्जरपछि यो अभूतपूर्व माइलस्टोन पार गरेका हुन् । संयुक्त कम्पनीको मूल्य १.२५ ट्रिलियन डलर पुगेको छ । मस्कको सम्पत्ति अब टेस्लाको सट्टा स्पेसएक्ससँग बढी जोडिएको छ। स्पेसएक्स मस्कको सम्पत्तिको मुख्य हिस्सा बनिसकेको […]

दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो

गण्डकी । सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ«े टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए । उनका अनुुसार उक्त बस […]

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

काठमाडौं । दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा भारतलाई ७६ रनले पराजित गरेको छ। १८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १११ रनमै अलआउट भयो। भारतको सुरुआत अत्यन्त खराब रह्यो। ईशान किशन शून्यमै आउट भए। अभिषेक शर्मा १५ रन, तिलक वर्मा १ रन र कप्तान सूर्यकुमार यादव १८ रनमा समेटिए। वाशिङ्टन सुन्दरले ११ रन बनाए। मध्यक्रममा शिवम […]

आइसिएफसि फाइनान्सको ऋणपत्र बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको ७ वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९” बिक्रीमा आएको छ। यस अन्तर्गत प्रति ऋणपत्र १ हजार अंकित मूल्यका दरले कुल ५ लाख कित्ता ऋणपत्र बिक्रीमा आएको हो। जसमध्ये ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि […]

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडाैंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो । डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस जेभीले पुलको संरचना निर्माणलाई तीव्रता दिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले […]

व्यावसायिक स्याउ खेती सुरु गर्दै वैकुण्ठेका किसान

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् । बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई […]

पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, १७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार बिहान करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको हो। सडकबाट करिब ३०० मिटर तल खसेको सो बसमा दुर्घटनाको […]

निर्वाचन आउन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । सबै राजनीतिक दल, […]