फागुन २८ गतेबाट गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला हुदै  

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र बिक्री प्रबन्धक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको छ । यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा आउनेछ । जसमध्ये ६० लाख इकाई योजना […]

एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । आज फागुन ११ गते दुई वटा बीमा कम्पनीहरुको आ आफ्नो साधारणसभा सम्पन्न गर्दैछन् । एक जीवन बीमा कम्पनी र एक निर्जीवन बीमा कम्पनीको साधारणसभा आज बस्ने भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० औं वार्षिक साधारणसभा आज सम्पन्न हुँदैछन् । एशियन लाइफको साधारणसभा बारास्थित […]

एपोलो हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज (फागुन ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता […]

पश्चिमी वायुको प्रभावले यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। बागमती र लुम्बिनी प्रदेशका उच्च […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको […]

तीन हजार भन्दा बढी कम्पनीहरु गरियो खारेज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय तीन हजार भन्दा बढी कम्पनीहरु खारेजी गरेको बताएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको छ महिनामा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका तर सञ्चालनमा नरहेका ३ हजार ३ सय ५२ वटा कम्पनी खारेज गरिएको जनाएको छ । कम्पनी दर्ता मात्र गरी छाडेका तथा अलपत्र पारिएका विभिन्न वर्गका कम्पनीहरु […]

वैभव उद्यमी सम्मान २०८२ सम्पन्न,  भकारी विजनेस हाउस र पोलिटेक रिसाइकल सम्मानित

काठमाडौं  । उद्यमशीलता प्रवर्द्धन तथा युवा उद्यमीहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको “वैभव उद्यमी सम्मान कार्यक्रम २०८२” सम्पन्न भएको छ। कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठान का प्रमुख कार्यकारी अधिकृत उमेश कुमार गुप्ता को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। यस वर्षको वैभव उद्यमी सम्मान अन्तर्गत Rising Entrepreneur (राजिङ इन्टरप्रेनर) विधामा भकारी विज्नेज हाउस प्रा.लि. सम्मानित भएको […]

काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा

काठमाडौं। आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अंक जोडे । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई  समूह विभाजन […]

सानिमा रिलायन्स लाईफको ‘MEET THE CHAMPOINS’ कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित

काठमाडौं । चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्सले   Meet The Champions कार्यक्रम सम्पन्न गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन […]

उपभोक्ता अधिकारकर्मीको चासोः इथानोल मिश्रणपछि इन्धनको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन

काठमाडौं ।  उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले पेट्रोलमा इथानोल मिश्रण नीतिले उखु किसानलाई उचित मूल्य दिलाउन र रोजगारी सिर्जना गर्न सक्ने सकारात्मक पक्ष भए पनि उपभोक्ताको अधिकारलाई केन्द्रमा राख्नुपर्ने बताए । उनले भने, ‘इथानोल मिश्रणपछि इन्धनको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन । ९९.५ प्रतिशतभन्दा बढी शुद्धता कायम गर्ने र त्यसको अनुगमन गर्ने संयन्त्र के हो […]