कालोसूची र डिफल्टरसूची छुट्टै बास्केटमा राख्ने गरी, कर्जा सूचना तथा कालोसूची सम्बन्धी मस्यौदा जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ । राष्ट्र बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्थाको मस्यौदा तयार गरी राय/सुझाव पनि माग गरेको छ । मस्यौदामा मंसिर ३० गतेभित्र राय/सुझाव उपलब्ध गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । मस्यौदा अनुसार बैंक तथा वित्तीय संस्थाले कालोसूची तथा डिफल्टरसूची […]

कार्यकारीलाई सबै अधिकार दिँदा विद्युत प्राधिकरणका समस्या समाधान गर्न सकिएनः मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सम्पूर्ण अधिकार कार्यकारीलाई दिएका कारण प्राधिकरणमा उत्पन्न समस्या समाधान गर्न सरकारलाई गाह्रो भइरहेको बताएका छन्। बुधवार राष्ट्रिय सभाअन्तर्गतको विद्यायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथिको दफावार छलफलमा मन्त्री खडकाले प्राधिकरणको नियमावली नहुँदा प्राधिकरणका समस्या सरकारले हेर्नुपरेकाे बताएका हुन्। […]

पहिलो चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले रु १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत […]

नेप्से २७११ विन्दुमा पुग्दा ३ अर्बले कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो दिन शेयर बजार सूचकहरु बढ्दा कारोबार रकम घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.३४ अंकले बढेर ४७८.५० विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ३२३ वटा कम्पनीको १ करोड ५४ लाख ६४ […]

करिब ८४ अर्बले वृद्धि हुँदा २५ खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौं ।सरकारले दैनिक सञ्चालन खर्चका लागि आन्तरिक स्रोतले अपुग भए सँगै सार्वजनिक ऋणमा भर पर्दै आएको छ । सरकार दैनिक सञ्चालनको लागि सार्वजनिक ऋणमा भरे परे सँगै पछिल्लो समय ८३ अर्ब ९५ करोडले सार्वजनिक ऋण वृद्धि भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा सबैभन्दा कम […]

१७० अर्ब निक्षेप परिचालन हुदाँ कर्जा प्रवाह १२८ अर्बमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २.६ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ७० अर्ब (२.६ प्रतिशत) ले बढेको छ […]

घाटा बजेट परिपूर्ति गर्न ३ खर्ब ५८ अर्ब सार्वजनिक ऋण परिचालन

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा घाटा बजेट परिपूर्ति गर्नका लागि करिब साढे ३ खर्ब बराबरको सार्वजनिक ऋण परिचालन गरेको छ । अर्थ मन्त्रालयका अनुसार घाटा बजेट परिपूर्तिको लागि गत आर्थिक वर्ष २०८०/८१ मा २ खर्ब ३४ अर्ब ४२ करोड आन्तरिक ऋण र १ खर्ब २३ अर्ब ६१ करोड बाह्य ऋण गरी जम्मा ३ खर्ब […]

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

काठमाडौं । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाटालाई डिजिटलाइजेशनको गर्दै […]

भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासँगको भेटवार्तामा भारतसँगको व्यापारमा सहजीकरण गर्न आग्रह गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी र कार्यसमितिले मंगलबार राजदूत शर्मासँग भेटवार्ता गरेको हो । अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अपनाए पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको जानकारी गराए । साथै उनले भारतबाट हुने […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]