भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी बसोबासको तयारी,होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सुरु
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भई हाल विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिकहरूलाई उनीहरूकै इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थापन गर्न सरकारले विस्तृत सर्वेक्षण सुरु गरेको छ। विपत्तिको आपतकालीन अवस्थामा प्रभावितहरूका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएकामा अबको केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबासको प्रबन्ध मिलाउने लक्ष्यसहित सरकारले सर्वेक्षण थालेको हो। भौतिक पूर्वाधार […]

