सिंगटी हाइड्रोको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सुचीकृति

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ। बिहीबार कम्पनीले निष्काशन गरेको १ सय प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर  नेप्सेमा सुचीकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले उृक्त शेयर खरिद बिक्री गर्न सक्ने छन् । कम्पनीले […]

 ४ वाणिज्य र २ विकास बैंकमाथि राष्ट्र बैंकले ग-यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमकीय व्यवस्था मिचेको अरोपमा  ६ वटा बैंकलाई कारबाही गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम मिच्ने ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारबाही गरेको हो। कारबाहीमा पर्ने वाणिज्य बैंकहरुमा प्राइम कमर्सियल, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा र लक्ष्म सनराइज तथा विकास बैंकहरुमा लुम्बिनी […]

१ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र आउदै

काठमाडौं । सरकारले १ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र ल्याउन लागेको छ । वार्षिक ब्याजदर ९ प्रतिशत तोकेको वैदेशिक रोजगार बचतपत्रको ब्याज भुक्तानीको अवधि भने ६ महिना हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ब्याज भुक्तानी भने ६÷६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातमा भुक्तानी गर्न सकिनेछ । कार्यालयका अनुसार वैदेशिक रोजगार बचतपत्र खरिदको […]

आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कारोबारहरुलाई अनलाइनमाध्यमबाट गर्नसके कारोबार पारदर्शी हुने र सहज हिसावले काम गर्ने वातावरण बन्ने जिकिर गरे । उनले आइटी […]

वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाई अघि बढ्नु पर्छ :अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताएका छन्। मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग बजेटका सन्दर्भमा सुझाव लिएका उनको सचिवालयले जनाएको छ। छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुनसक्ने बजेट ल्याउन सुझाए। पुँजीगत खर्च बढाउनुपर्ने र […]

चीनमा नेपालीलाई प्रवेशाज्ञा शुल्क नलाग्ने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई साधारणतर्फ (नियमित) प्रवेशाज्ञा शुल्क नलिने भएको छ । चिनियाँ राजदूतावासले सूचना जारी गर्दै बुधबारदेखि नेपालीलाई सो शुल्क नलाग्ने जानकारी दिएको हो । नेपाल र चीनबिचको मित्रता प्रवर्धन गर्न तथा कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन साधारणतर्फको भिसा शुल्क नलाग्ने बनाएको दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छङ […]

आगामी आवको बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन्। सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए। “सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट […]

न्यादी पावर पश्चयात नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभुति गर्ने

काठमाडौंं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति कित्ता १ सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर […]

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले लिए शपथ

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकीले बिहीबार शपथ लिएका छन् । फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले बिहीबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग शपश ग्रहण गरेका हुन् । सपश ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले सफल कार्यकालको शुभकामना व्यक्त गरे । वित्तीय […]

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ । विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका […]