आज नेपाल र वेस्ट इन्डिज ‘ए’ को तेस्रो खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ‘ए’ बीचको टी२० सिरिज अन्तर्गत आज तेस्रो खेल हुँदैछ। खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ । सिरिज हाल १-१ को बराबरीमा छ । शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। आइतबार भएको दोस्रो खेल वेस्ट इन्डिज ‘ए’ ले जितेको थियो। […]

