परम्परागत बादन संस्कृतिको संरक्षण र पुस्तान्तरणमा योगदान दिए वापत् २३५ जनालाई नगदसहित कामनपाको सम्मान
काठमाडौं । काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ । ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्यहरु, कार्यपालिकाअन्तर्गतका समितिका संयोजकहरुले सम्मान गरेका हुन् । सम्मानित हुने गृरुहरुमा ज्यापु महागुथि […]

