एक वर्ष भित्र सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्ने : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले एक वर्षभित्र सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्ने बताएको छ । काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक खरिदमा हुने मिलेमतोको अन्त्य गर्दै स्वच्छ खरिद, समयमै गुणस्तरीय सेवाप्रवाह काम सुनिश्चित गर्नका लागि एक वर्षभित्र सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्ने बताएको हो । सार्वजनिक खरिद सम्बन्धी सार्वजनिक खरिद ऐन, २०६३ कार्यान्वयनमा रहेको छ […]

७ महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०८२\८३ सात महिना (साउन–माघ)मा आयात र निर्यात दुबै बढेको छ । भन्सार विभाग अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को माघसम्म निर्यात ३२.१९ प्रतिशत र आयात १३.६५ प्रतिशतले  वृद्धि भएको छ । विभागका अनुसार चालु आवमा ११ खर्ब  २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । जुन गत आवको […]

मुख्य याममा सौराहामा पर्यटक घटे

चितवन।  विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउँ छन् । गत वर्ष […]

मन्त्री श्रेष्ठद्वारा महिला केन्द्रित लगानीमा जोड

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील वित्त पोषणले सडक भवनमै सीमित नगरी महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा लगानी गर्न आग्रह गरेकी छिन् । यहाँ आज नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्धारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी, २०८२’ मन्त्री श्रेष्ठले जलवायु परिवर्तनले पर्यटनमा प्रत्यक्ष असर पार्दा सबैभन्दा बढी मार […]

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन कार्यालय हेटौँडाद्वारा मकवानपुर र चितवनमा सञ्चालित आधा दर्जन योजनाको काम सम्पन्न भएको छ । निर्धारित समयमा योजनाहरु सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको काम सम्पन्न भएको हो । कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर भुपेन्द्रकुमार यादवले हेटौँडा अस्पतालको भवन निर्माणकार्य सम्पन्न भई हस्तान्तरणका […]

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

गण्डकी।  प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छिन् । पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आएकी विश्विद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्ने छिन् । सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिष्ट पारित गर्नेछ । दीक्षान्त समारोहमा सहभागी बनी आजै प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा […]

अमेरिका–इन्डोनेसिया व्यापार सहमति

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को पहिलो बैठकका क्रममा वासिङ्टनमा रहेका इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो अमेरिकासँग महत्त्वपूर्ण व्यापार सम्झौतामा पुगेका छन् । ह्वाइट हाउसले बिहीबार घोषणा गरेको उक्त सहमतिलाई दुवै देशले द्विपक्षीय आर्थिक सम्बन्धको नयाँ अध्यायका रूपमा प्रस्तुत गरेका छन् । सम्झौताअनुसार दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले अमेरिकी वस्तुहरूमा लगाइँदै आएको ९९ […]

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ।  प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन्। मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल […]

दलहरुको १०० अर्ब डलर जीडीपी लक्ष्य: यथार्थभन्दा टाढाको राजनीतिक नारा, अत्यधिक महत्वाकांक्षी भएको हो ?

काठमाडौं । आगामी निर्वाचनका लागि मुलुकका ३ प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आ आफ्ना घोषणापत्र जारी गर्दै अर्थतन्त्रमा तीव्र वृद्धि हासिल गर्ने लक्ष्य लिएका छन् । एमालेले ५ वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)  १०० खर्ब रुपैयाँ र १० वर्षमा २०० खर्ब पुर्याउने बताएको छ । […]

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम गरेको छ । यहाँ आज आयोजित उक्त कार्यक्रममा महासङ्घले पत्रकारलाई आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण तथा पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिएको छ । कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभइ सहकार्य गर्दै अघि बढ्न […]